सोमबार, जेठ १८, २०८३

मोरङ कारागारमा कैदीबन्दीका आफन्तको प्रदर्शन

विराटनगरका ‘डन’ अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

विराटनगर– विराटनगरका ‘डन’ अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका छन्। गिरीलाई विराटनगर ल्याउनु हुँदैन भन्दै सयौंको संख्यामा कारागार अगाडि कैदीबन्दीका आफन्त धर्नामा बसेका छन्। 

National life

गिरीलाई मोरङ कारागार ल्याउनकै लागि कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई प्रहरीले स्कर्टिङ गरेर सुनसरीको झुम्का कारागार पुर्याएको छ। झुम्का कारागार सरुवा भएका राई जान नमानेपछि प्रशासनले उनलाई सोमबार साँझतिर स्कर्टिङ गरेर कारागार पुर्याएको हो। 

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राई मोरङ कारागारमा तीन वर्षदेखि चौकीदारको रूपमा कार्यरत थिए। उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरुप उनको सरुवा गरिएको स्रोतको भनाइ छ।

डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो। तर, सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो, त्यहीँ ल्याउने निर्णयको विरोध भएपछि अहिले स्थगित गरिएको छ।

मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले अभिषेक गिरीको सरुवा भएर आउने हल्लाकै भरमा कैदीबन्दीले विरोधका लागि नाराबाजी गरेको बताए। मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा गिरीलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो। गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवा गरिएको स्रोतको भनाइ छ।

Shivam cement

प्रकाशित: Oct 05, 2021| 14:06 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।