सोमबार, असार २२, २०८३

अंक बाँडेपछि भैरहवा र काठमाडौं दुवैलाई फाइदा

ललितपुर प्याट्रिओट्सलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएर काठमाडौं किंग्स इलेवेन एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- ललितपुर प्याट्रिओट्सलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएर काठमाडौं किंग्स इलेवेन एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान मंगलबार दिउँदो खेल गराउन लायक नरहेपछि खेल स्थगित गर्दै काठमाडौं र भैरहवाले समान १-१ अंक बाँडेका छन्।

अंक बाँडेपछि दुवै टिमलाई फाइदा भएको छ। काठमाडौंलाई प्ले अफमा पुग्न १ अंक चाहिएको थियो भने भैहरवालाई पनि क्वालिफायरमा पुग्न १ अंक चाहिएको थियो।

अंक बाँडेसँगै ६ अंक बाट ७ अंक बनाएको भैरहवा ग्लाडिएटर्सलाई पनि फाइदा भएको हो। उसले समान ७ अंक भएको पोखरा राइनोजलाई नेटरन रेटमा पछि पार्दै क्वालिफायरमा पुगेको छ।

अब क्वालिफायरको खेलमा भोलि दिउँसो भैरहवा र शीर्षस्थानको चितवन राइनोज भिड्नेछन्। त्यो खेलको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यता मंगलबारको खेल रोकिनुअघि काठमाडौं र ललितपुरको समान २–२ अंक थियो। मंगलबारको खेलमा काठमाडौंले हार बेहोरेको अवस्थामा नेट रन रेटको आधारका ललितपुर नै प्ले अफमा जाने सम्भावना थियो। 

तर, प्रतिकुल मोसमका कारण खेल हुन नसकेपछि एक अंक थप गर्दै ३ अंक बनाएर काठमाडौं चौथो स्थानमा उक्लिएकाले काठमाडौं नै प्ले अफमा पुग्यो। अब प्ले अफअन्तर्गत भोलि नै हुने इलिमिनेटर खेलमा काठमाडौंले पोखरा राइनोजको सामना गर्नेछ।विराटनगरसँगै साविक विजेता ललितपुर पनि प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: Oct 05, 2021| 13:08 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।