शनिबार, कात्तिक २९, २०८२

सहमतिका लागि भन्दै जुम्ला कांग्रेसको अधिवेशन सारियो

जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।
 |  मंगलबार, असोज १९, २०७८

देव राना

देव राना

मंगलबार, असोज १९, २०७८

सुर्खेत– जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ। 

National life

‘सहमतिको प्रयासका लागि पर्याप्त समय नभएपछि जिल्ला अधिवेशन भएको छ,’ जुम्लाका कांग्रेस सभापति दीपबहादुर शाहीले भने, ‘अब दसैंपछि नै अधिवेशन हुन्छ।’ कात्तिक ३ गते अधिवेशन बोलाउने गरी छलफल भइरहेको उनले बताए। तर स्थगित अधिवेशनको मिति भने पार्टीको केन्द्रीय कमिटीसँग छलफल गरेर तोकिने छ।

जुम्लामा संस्थापन इतर समूहको बलियो पकड छ। त्यहाँका ८ मध्ये ६ स्थानीय तह र दुई प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व संस्थापन इतर समूहले लिएको छ। त्यहाँ आगामी नेतृत्वका लागि बहालवाला सभापति शाहीले पुनः दोहोर्याउन चाहेका छन्। 

उनी संस्थापनइ तर समूहका हुन्। त्यस्तै संस्थापन समूहबाट पार्टी सचिव कर्णबहादुर शाही सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूह बलियो भएका कारण वहालवाला सभापति शाहीले पुनः नेतृत्वमा दोहोरिन सक्ने सम्भावना छ। तर संस्थापन समूहले अन्य व्यक्तिलाई मौका दिनुपर्ने अडान राखेको छ।

बहालवाला सभापति शाहीले १३ औं महाधिवेशन अघि पनि एक कार्यवाहक सभापति भएर नेतृत्व निर्वाह गरिसकेका छन्। तत्कालीन पार्टी सभापति मानव सेजुवालको जहाज दुर्घटनामा मृत्यु भएपछि शाहीले कार्यवाहक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए। यही कारण संस्थापन पक्षले पार्टीमा योगदान गरेका अन्य व्यक्तिलाई नेतृत्व गर्ने मौका दिनुपर्ने बताउँदै आएको छ। तर संस्थापन इतर समूहले भने आम निर्वाचन नजिकिएको भन्दै पार्टीको नेतृत्व गर्नसक्ने क्षमता र योग्यताका आधारमा शाहीलाई नै दोहोर्याउनुपर्ने अडान राखेको छ। 

Laxmi sunrise bank
kumari
जुम्लामा संस्थापन इतर समूहको बलियो पकड छ। त्यहाँका ८ मध्ये ६ स्थानीय तह र दुई प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व संस्थापन इतर समूहले लिएको छ। त्यहाँ आगामी नेतृत्वका लागि बहालवाला सभापति शाहीले पुनः दोहोर्याउन चाहेका छन्। 

दुवै समूहलाई मिलाउन नसके आमनिर्वाचनमा अन्तरघात हुनसक्ने भन्दै कांग्रेसका नेताकार्यकर्ताहरुले सर्वसम्मत रुपमा नेतृत्व छान्न नेताहरुलाई दबाब दिएका छन्। दुवै समूह आ–आफ्नो अडानबाट पछि नहटेपछि त्यहाँ शाहीद्वयको विकल्पमा मध्यमार्गी नेतालाई सभापति बनाउने कांग्रेसको प्रयास छ।

महिला कार्यकर्ताहरुले भने अबको नेतृत्व महिलालाई दिएर गुटगत राजनीति अन्त्य गर्नुपर्ने माग गरेका छन्। महिलाले नेतृ कान्तिका सेजुवाललाई पार्टी सभापतिका रुपमा अगाडि सारेका छन्। चन्दननाथ नगरपालिकाका प्रमुख समेत रहेकी उनी तत्कालीन पार्टी सभापति मानव सेजुवालकी श्रीमति हुन्। सेजुवालको निधनपछि कान्तिका शिक्षण पेशा छोडेर राजनीतिमा सक्रिय बनेकी हुन्।

तर सेजुवाल पनि संस्थापन समूहमा सक्रिय रहेका कारण संस्थापन इतर समूहले उनलाई सभापति मान्न तयार छैन। बहुमतको अपमान हुने भन्दै संस्थापन इतर समूहले पार्टी नेतृत्व अर्काे पक्षलाई दिने पक्षमा छैन। ६० वडा रहेको जुम्लामा ५९ वडामा सर्वसम्मत नेतृत्व छानिएको थियो। अधिकांश वडामा संस्थापन इतर समूहले नेतृत्व लिएको छ। त्यस्तै ८ स्थानीय तहमध्ये ६ मा पौडेल समूहले बहुमतसहित नेतृत्व लिएको छ। दुई स्थानीय तहमा मात्रै निर्वाचन भएको थियो।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्रमा पनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो। दुबै क्षेत्रमा संस्थापन इतर समूहले नेतृत्व पाएको छ। निर्वाचन हुँदा पनि प्रदेश क्षेत्र नं. (क) लक्षिमन बोहोरा र (ख) मा कालीबहादुर बुढा सभापति बनेका छन्। जिल्लामा पनि निर्वाचन गर्दा पार्टीलाई क्षति पुग्ने कांग्रेसको अनुमान छ। यही कारण सर्वसम्मत रुपमै नेतृत्व चुन्ने प्रयास छ। निर्वाचन कार्यतालिका अनुसार जुम्लामा पनि दसैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हो।

प्रकाशित: Oct 05, 2021| 12:15 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।