बिहीबार, भदौ ४, २०८३

कस्तो रहला आज देशभरको मौसम?

अहिले भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- अहिले भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ। सोही मौसमी प्रणालीका कारण नेपालमा बदली र वर्षा गराएको हो। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले पारिलो घाम लागेको छ। मध्यान्हपछि बदली र वर्षा हुनसक्ने अनुमान गरिएको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम  प्रदेका एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रकाशित: Oct 05, 2021| 12:00 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।