बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अभि सुवेदी भन्छन्- बेलायतले जिते आत्मसन्तुष्टी, जापानले जिते नयाँ इतिहास

अभि सुवेदी भन्छन्- बेलायतले जिते आत्मसन्तुष्टी, जापानले जिते नयाँ इतिहास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- दैनिक काम थाती राखेर भए पनि विश्वकप, २०१८का खेल नछुटाई हेरिरहेका छन्, अंग्रेजीका प्राध्यापक तथा नाटककार डा. अभि सुवेदी । यो विश्वकपले नयाँ 'टेस्ट' दिइरहेको उनको बुझाइ छ ।

चार वर्षको अन्तरमा आउने विश्वकपले नयाँ खेलाडी अवश्य जन्माएको छ । र, नयाँ देशको सहभागिता पनि बढाएको छ । डा. सुवेदीलाई विश्वकपले आकर्षित् गर्नुका कारण पनि तिनै हुन् । 

राम्रा मानिएका खेलाडीहरूको मैदानको प्रस्तुती उत्कृष्ट बन्न नसकेको गुनासो व्यापक छ, प्रशंसकमाझ । डा. सुवेदीलाई भने अनौठो लागेको छैन । भन्छन्, 'क्लबहरूमा खेल्न थालेपछि खेलमा परिवर्तन आइहाल्छ ।'

चर्चित् खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले गरेको 'पेनाल्टी मिस'ले धेरैलाई निराश बनाएको छ । अघिल्ला 'सेसन'का चमत्कारिक खेलका कारण उनीहरू समर्थकहरूको दिल र दिमागमा छाइरहेका थिए । यसपटक पनि त्यस्तै उत्कृष्ट प्रस्तुती रहने आशा दर्शकमा रहनु स्वाभाविकै हो । 

डा. सुवेदीको बुझाइ भने फरक छ । भन्छन्, 'हिरो मेकिङ साइक्लिङका कारण नयाँ खेलाडीमा ध्यान जान नसकेको हो ।' 

दर्शकले मन परेको खेलाडीलाई हिरो बनाइदिन्छन् । अहिलेको खेलमा 'क्रिएटिभ पावर' देखिँदै आएको डा. सुवेदी बताउँछन् । भन्छन्, 'गेमको जिनियस नयाँ देखिएको छ ।'

चार वर्षको अन्तरमा राम्रा खेलाडी आएका छन् । पुराना खेलाडीको बर्चश्वलाई दर्शकले ध्यानमा राखे पनि नयाँ खेलाडीले समेत चमत्कारिक खेल खेलेका छन् । सुवेदी भन्छन्, 'गेममा नयाँ स्पिरिट देखिन्छ ।'

डा. सुवेदीले बेलायतमा अध्ययन गरेका हुन् । अंग्रेजी साहित्यसँग उनी धेरै नजिक छन् । बेलायती खेलाडीहरू प्रति उनको स्वाभाविक लगाव छ । भन्छन्, 'मेरो कुनै पूर्वाग्रह छैन, तैपनि बेलायतले जितेको हेर्ने रहर हो ।'

एसियाली मुलुकले जितेको हेर्न चाहने सुवेदीमा जापानी खेलाडीप्रति पनि आदर भाव छ । जापानले विश्वकप उपाधि हात पार्दा विश्व खेल जगतमा नयाँ इतिहास जोडिने उनी बताउँछन् । 

खेलप्रेमीहरू मन परेको खेलाडीका प्रशंसामा समय खर्चिरहेका छन् । टी-सर्ट लगाएर सम्बन्धित देशको पक्षमा 'हुर्रे' गरिरहेका छन् । यस किसिमको खेलमोह हैरानी मात्रै भएको डा. सुवेदीको ठम्याइ छ । समर्थकको अपेक्षाअनुसारको खेल नहुने उनी बताउँछन् । भन्छन्, 'अपेक्षा जे छ, त्यो पूरा हुन खेलको व्यवस्थापन सही ढंगले हुनुपर्छ ।'

खेल खेलाउने क्लब नै गिरोहजस्ता भए । खेलाडी क्लबमय भएर मैदानको प्रदर्शन कमजोर भइरहेको आशंका छ, डा. सुवेदीको । 'त्यसैले खेल पहिलेजस्तो छैन,' उनी भन्छन्, 'खेललाई संवेदनशील भएर हेर्नुपर्ने अवस्था आएको छ ।'

विश्वकपले संसारलाई एक ठाउँमा ल्याएको उनी बताउँछन् । अमेरिकाजस्तो महाशक्ति राष्ट्र छानिन नसक्नु र उसकै छिमेकी कोस्टारिका छनोटमा पर्नुलाई खेलले ल्याएको परिवर्तन ठान्छन्, डा. सुवेदी । विश्वकपको सुन्दर पक्ष उनी यसरी प्रस्ट्याउँछन्, 'विश्वकपले विश्व खेलप्रतिको मिथकलाई उठान गर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।