आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पानी परेको पर्‍यै, धान भित्र्याउन नपाउँदा किसान चिन्तित

पानी परेको पर्‍यै, धान भित्र्याउन नपाउँदा किसान चिन्तित

पाकेको धान भित्र्याउन नसक्दा किसानहरु चिन्तित हुन थालेका छन्। मौसमविद्ले भने अबको एक सातापछि मात्र आकाश सफा हुने बताएका छन्।
 |  मंगलबार, असोज १९, २०७८

पवन घिमिरे

पवन घिमिरे

मंगलबार, असोज १९, २०७८

काठमाडौं- १६ असोजमा मनसुन बाहिरिनुपर्ने अनुमान गरिए पनि यस वर्ष १९ गतेसम्म मनसुनी वर्षा कायमै छ। जसले गर्दा पाकेको धान भित्र्याउन नसक्दा किसानहरु चिन्तित हुन थालेका छन्। मौसमविद्ले भने अबको एक सातापछि मात्र आकाश सफा हुने बताएका छन्। 

National life

तराईमा धान काटेपछि तोरी लगाउने चलन छ तर खेतमा पाकेको धान काट्न नपाउँदा तोरी खेती पनि प्रभावित हुने चिन्ता किसानलाई परेको छ। कैलाली बौमियाका किसान मेहशराज जोशी यो वर्ष विगतभन्दा बढी पानी मात्र होइन लामोसमयसम्म पनि पानी परेको सुनाउँछन्। ‘पहिला पहिला दशैंको यो बेलासम्म यस्तरी ठूलो पानी पर्थेन,’ जोशी भन्छन्, ‘यो वर्ष त पानी परेको पर्‍यै भयो। धान पाकेर पहेंलपुर छ। त्यो नासिने चिन्ता एकातिर छ भने तोरी पनि लाउन पाइन्न कि जस्तो भइसक्यो।’

‘यहाँ धेरैजसो पाक्न समय लाग्ने प्रजातिका धान लगाइएको छ। धान पसाउँदै गरेको अवस्था छ,’ चुडाल भन्छन्, ‘यो वर्ष मौसमले साथ दिएको छ। पोस्ट–मनसुनको पानी पर्ला भन्ने पिरलो छैन।’

देशको पश्चिममा पानीले दुःख दिए पनि पूर्वी क्षेत्रमा भने मौसम उपयुक्त भएको किसान बताउँछन्।

झापा गौरालह नगरपालिका वडा नम्बर ७ का धनञ्जय चुडालले धानको लागि अहिले मौसम उपयुक्त भएको बताए। ‘यहाँ धेरैजसो पाक्न समय लाग्ने प्रजातिका धान लगाइएको छ। धान पसाउँदै गरेको अवस्था छ,’ चुडाल भन्छन्, ‘यो वर्ष मौसमले साथ दिएको छ। पोस्ट–मनसुनको पानी पर्ला भन्ने पिरलो छैन।’

मौसम सफा हुन एक साता लाग्ने

जल तथा मौसम विज्ञान विभागका विरिष्ठ मौसमविद् प्रतिभा मानन्धर नेपालमा मौसम सफा हुन अझ एक साता लाग्ने बताउँछिन्। नेपालमा आउने मनसुन तथा पोस्ट–मनसुन हावाको वहाब बंगालको खाडीबाट पश्चिम नेपाल हुँदै आउने गर्छ।

‘हालसम्म भारतमा नै मनसुन क्लियर नभएकाले नेपालमा मौसम सफा हुन अझै एक साता लाग्ने अनुमान छ,’ मानन्धर बताउँछिन्, ‘भारतको पश्चिम क्षेत्रमा भोलिदेखि मनसुन क्लियर हुने देखिन्छ। त्यस अनुसार नेपालको पश्चिम क्षेत्रमा तीन दिन जतिमा मौसम सफा हुने देखिन्छ भने पूर्वीक्षेत्रसम्म पुग्न एक साता लाग्ने अनुमान हो।’

हालको पोस्ट–मनसुनी मौसममा बिहानीपख मौसम सफा हुने र साँझपख आकाश धुम्मिएर पानी पर्ने गर्दछ। ‘यस्तै लक्षणको हल्कादेखि मध्यम वर्षा हुने सम्भावना अझ दुई चार दिन देखिन्छ,’ मानन्धर भन्छिन्।

प्रकाशित: Oct 05, 2021| 10:44 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।