सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो : अल्मुताइरी

साफ च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो : अल्मुताइरी

नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब साफ च्याम्पियनसिपमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो रहेका बताएका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब साफ च्याम्पियनसिपमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो रहेका बताएका छन्। यद्यपि उनले यसबारे यसै हो भन्न नसकिने पनि बताए। नेपाल र श्रीलंकाबीच सोमबार भएको खेलपछि पोस्ट म्याच कन्फेरेन्समा अल्मुताइरीले भने,  ‘अब नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। तर यस्तै हो भन्न सकिन्न।’

अब प्रतियोगिताको म्याच डे थ्रीमा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ‘यो नतिजाले हामी कहाँ जाने छौं, त्यो धेरै अर्थमा प्रस्ट पार्नेछ। मलाई विश्वास छ, यो चरणमा पनि केही आश्चर्यजनक नतिजा आउनेछन्।’

उनले नेपाली खेलाडीको प्रदर्शनले आफू ज्यादै खुसी भएको बताए। अल्मुताइरीले भने, ‘म निकै खुसी छु ।नेपालले लगातार दोस्रो खेल जितेको छ र अधिकतम छ अंकमा छ अंक नै भएको छ। नेपालका लागि यस खेलमा पनि प्राप्त तीन अंक नै ठूलो हो।’ उनले नेपाली खेलाडीले के कस्तो खेले भन्नेबारे पछि विश्लेषण गरिने बताए। उनले भने, ‘साफ च्याम्पियनसिप जस्तो प्रतियोगितामा तीन अंक नै ठूलो हो।’

पोस्ट म्याच कन्फ्रेन्समा खेलाडीको प्रतिनिधित्व गर्दै अञ्जन विष्टले टिमको अहिलेसम्मको यात्रामा खुसी व्यक्त गरे। 

माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो। श्रीलंकाविरुद्ध नेपालका तर्फबाट आयुष घलान, अञ्जन विष्ट र समुन लामाले एकएक गोल गरेका छन्। घलानले खेलको ८६ औं मिनेटमा श्रीलंकाविरुद्ध गोल गरेका हुन्। यस्तै विष्टले खेलको ५१ औं मिनेटमा र ३३ औं मिनेटमा सुमन लामाले गोल गरेका थिए। श्रीलंकाकातर्फबाट खेलको ५७ औँ मिनेटमा मार्भिन ह्यामिल्टनले र इन्जुरी समयमा डिलोन डे सिल्भाले गोल गरेका थिए। 

नेपाल २ खेल जितेर ६ अंकसहित पहिलो स्थानमा छ। बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहीन छन्।

नेपालले अब अक्टोबर १० मा भारतको सामना गर्नेछ। सोही दिन माल्दिभ्सले श्रीलंकाविरुद्ध खेल्नेछ। 

प्रकाशित: Oct 05, 2021| 08:03 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।