काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ। माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाली टोलीका तर्फबाट सुमन लामाले गोल गरेका हुन्।
खेलको सुरुमा श्रीलंकाले राम्रो प्रदर्शन गरेको थियो। १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमण प्रभावकारी हुन सकेन।
२४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो। ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लिएको हो।