सोमबार, असार २२, २०८३

श्रीलंकाविरुद्ध सुमन लामाले गरे एक गोल

नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं–  नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ। माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत  दोस्रो खेलमा नेपाली टोलीका तर्फबाट सुमन लामाले गोल गरेका हुन्। 

खेलको सुरुमा श्रीलंकाले राम्रो प्रदर्शन गरेको थियो। १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमण प्रभावकारी हुन सकेन। 

२४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो। ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लिएको हो। 


प्रकाशित: Oct 04, 2021| 22:46 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।