काठमाडौं- नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा नाराबाजी गर्दै झडप र कुर्सी तोडफोड गरिएका छन्।
पत्रकार सम्मेलनबाट नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएकोमा साँझ सात बजेतिर हलभित्र विवाद, नाराबाजी र तोडफोड हुन थालेपछि नेताहरुलाई विवाद मिलाउन समस्या भएको हो।
उनीहरुले अध्यक्ष पद प्रचण्डले तोक्ने हो भने केन्द्रीय सदस्य पनि प्रचण्डबाटै छानिनुपर्ने माग गरेका छन्। क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र महासचिवमा दिपेश पुन चयन भएका छन्। तर घोषणा हुनअघि नै नाराबाजी गरिएको छ।
बन्दसत्र सुरु भए लगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद सुरु भएको थियो।