काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या आएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेता नेपाल स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन्।
नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनको शरीरमा सोडियमको मात्रा कम भएको देखिएको थियो।
डिस्चार्ज भएपनि उनलाई अझै केही दिन आराम गर्न चिकित्सकहरूले सुझाव दिएको नेता नेपालको सचिवालयले जानकारी दिएको छ। वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको नेतृत्वको टोली नेता नेपालको उपचारमा खटिएको थियो।