बुधबार, कात्तिक १२, २०८२

कांग्रेसमा कसैलाई काखा र कसैलाई पाखा गरिन्न : रमेश लेखक

'नेपाली कांग्रेसमा कुनै पनि कार्यकर्तालाई काखा र पाखा गरिन्न। नवप्रवेशीहरुलेहरू पनि यसको कुनै महसुस गर्नुपर्ने छैन,' नेता लेखकले भने, 'म नवप्रवेशीलाई पनि सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता गर्छु।'
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कुनै पनि कार्यकर्तालाई काखा वा पाखा नगरिने बताएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को दोधरा-चाँदनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्। 

Kumaribank

'नेपाली कांग्रेसमा कुनै पनि कार्यकर्तालाई काखा र पाखा गरिन्न। नवप्रवेशीहरुलेहरू पनि यसको कुनै महसुस गर्नुपर्ने छैन,' नेता लेखकले भने, 'म नवप्रवेशीलाई पनि सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता गर्छु।'

नेपाली कांग्रेस दोधरा-चादनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवप्रवेशीलाई स्वागत कार्यक्रममा नेता लेखकले नवप्रवेशीलाई कांग्रेसको साधारण सदस्यता प्रदान गरी स्वागत गरेका थिए।

विकास र समृद्धि ल्याउन सक्ने क्षमता नेपाली कांग्रेसले राख्ने तर कम्युनिस्टलगायतका पार्टीले भ्रम र झुठको खेती मात्र गर्ने भएकाले नेपाली कांग्रेसमा आएको नवप्रवेशीहरूको भनाइ छ। 

कार्यक्रममा नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरी करिब ३ सय जना नेपाली कांग्रेस प्रवेश गरेको कांग्रेसको दाबी छ। 

Metro Mart

प्रकाशित: Oct 04, 2021| 19:21 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।