बुधबार, कात्तिक १९, २०८२

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको ज्यानै जानसक्छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको ज्यानै जानसक्छ।

Kumaribank

उक्त माकुराको नाम वेब स्पाइडर हो। यो विश्वकै खतरनाक माकुरोमा पर्छ। यो माकुराले काटेमा मानिसको १५ मिनेटमै ज्यान जानसक्छ। अस्ट्रेलियामा यो माकुराको टोकाइबाट थुप्रैले ज्यान गुमाइसकेका छन्। स्वास्थ्यकर्मीका अनुसार यो माकुराले टोकेमा उपचारमा प्रयोग हुने कुनै प्रभावकारी औषधी अहिलेसम्म बन्न सकेको छैन।

अस्ट्रेलियाको जंगलमा भएको आगलागीपछि यो माकुरो जमिनमा लुक्न पुगेको थियो। ठूलो वर्षा हुँदा यो माकुरो बाहिर आउन पुग्यो। र, पछि माकुरो मानव वस्ति भएको ठाउँसम्म पुग्यो। अहिले यो अस्ट्रेलियाका थुप्रै सहरमा पाइन्छ।

यो माकुराले टोक्दा शरीरमा रातो रंगको दाग बन्छ। त्यसपछि मानिसलाई बान्ता हुनथाल्छ। यसका साथै ब्लडप्रेसर पनि बड्न पुग्छ। यो माकुराले टोक्दा मानिस निकै दुखाइ महसुस गर्नथाल्छ। र, १५ मिनेट भित्रै मृत्यु हुन्छ।

अस्ट्रेलियाको सिडनीमा सबै भन्दा बढी विषाक्त माकुरो रहेको छ। वैज्ञानिकहरू यस माकुरोको विषको असरलाई कम गर्ने औषधी बनाउन लागिपरेका छन्।

Metro Mart

- एजेन्सी

प्रकाशित: Oct 04, 2021| 13:12 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।