आइतबार, जेठ १७, २०८३

३८ क्‍विन्टल सुन तस्करी मुद्दाको फैसला सोमबार!

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको बहस आइतबार सकिएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण  र करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको बहस आइतबार सकिएको छ। 

National life

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबारदेखि मुद्दाको अन्तिम सुनुवाइ जारी थियो। जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार मुद्दाको प्रतिरक्षा र प्रतिउत्तर बहस एक सातापछि आईतबार साँझ सकिएको हो। 

प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि मुद्दा फैसलातिर अघि बढेको छ। सम्भवत: सोमबार अदालतको फैसला आउनसक्ने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए। मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आज दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरुले बहस गरेका छन्। 

२०७४ साल माघ ९ गते उनकै समूहले तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन गायब भएको थियो। सुन गायब बनाएको आरोपमा २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको हत्या गोरेसहित उनको समूहले गरेको हो। 

हत्या गरेपछि एक रात धरानमा राखिएको सनमको शव भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद गरेको हो। त्यतिबेला फरार रहेका गोरेलाई काठमाडौंबाट पक्राउ गरेर २०७५ साल जेठ ९ गते मोरङ अदालतमा उपस्थित गराइयो। अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका उनी अहिले पनि कारागारमै छन्।

Shivam cement

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो। 

सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको पत्ता लागेको हो। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्ये ५५ जना पक्राउ पर्दा २२ जना अझैसम्म फरार छन्।

प्रकाशित: Oct 03, 2021| 21:57 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।