मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सिता भण्डारी मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

Siddartha premir insuranceSiddartha premir insurance

सिता भण्डारी मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्‍नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा श्रीमान टिकाराम किन फरार भए? वडासदस्य समेत रहेका हरि पौडेलले विहानै वडा अध्यक्ष चेतनारायण भण्डारीलाई फोन गरेर किन बोलाइयो?, माइती पक्षको प्रश्न छ।
 |  आइतबार, असोज १७, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

आइतबार, असोज १७, २०७८

बुटवल- रुपन्देही तिलोत्तमाकी २७ वर्षीया सिता भण्डारीको मृत्यु घटनामा प्रहरीको अनुसन्धानमाथि पीडित परिवारले प्रश्‍न उठाउँदै न्यायका निम्ति भन्दै आन्दोलन थप चर्काएका छन्। भदौ २० गते बिहान साँढे ४ बजे सिताको शव भेटिएको थियो।

triton college

 श्रीमान टिका पौडेलसँग सुतेकी सिता बिहान एक्कासी मृत अवस्थामा फेला परेपछि माइती पक्षले हत्याको दाबीसहित शव उठाएका छैनन्। घटना भएको २८ औं दिनसम्म पनि प्रहरीको अनुसन्धान प्रक्रियामा प्रश्‍न उठाउँदै माइती र स्थानीयहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गरेको अनुसन्धानलाई आधार मानेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

 प्रहरीले अनुसन्धानमा सिताले आत्महत्या नै गरेको प्रमाण भेटाएको जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गरि सिताले २० गते राति मृतक भण्डारीले आइफोनको नोटप्याडमा १२ बजेर १७ मिनेटमा 'सुसाइड नोट' लेखेको र उक्त लेखाइ सिताकै भएको जिकिर गरेको छ।

 प्रहरीले अनुसन्धान प्रतिवेदन आत्महत्या गरेको उल्लेख गरि जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए। 

आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्‍नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा श्रीमान टिकाराम किन फरार भए? वडासदस्य समेत रहेका हरि पौडेलले विहानै वडा अध्यक्ष चेतनारायण भण्डारीलाई फोन गरेर किन बोलाइयो?, माइती पक्षको प्रश्न छ। 

‘पीडित परिवारले के भन्छ भन्‍ने कुरा होइन, अनुसन्धानमा भेटिएको प्रमाण नै आत्महत्याको देखिन्छ,’ उनले भने। प्रहरीले आइतबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गर्दैगर्दा सिताका माइतीपक्षले भने जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका थिए।

Metro Mart
vianet

सिताको न्यायको माग गर्दै भइरहेको आन्दोलनमा सहभागीहरु।

छोरीको न्यायका लागि प्रदर्शनमा उत्रिएकी सिताकी आमाले भनि,‘प्रमाणहरु प्रशस्त छन्, छोरीको मुखबाट रगत निस्केको छ, आत्महत्या भए झुन्डिएको अवस्थामा शव छैन, यदि बचाउन खोजिएको हो भने अस्पतालमा हुनुपर्ने हो नी होइन र?’ उनले १९ गते साँझ नै टिकारामले तपाईंको छोरी 'वितरा' पर्ने भइ भनेर भनेकोसमेत  बताइन्।

‘साँझ घर आएर छोरी वितरा पर्ने भइ भन्‍नु, माइती भएकी छोरीलाई घर बोलाउनु र भोलिपल्ट विहानै छोरीको शव भेटिएको छ, यति हुँदा पनि हत्या नभए के हो?,’ उनले प्रश्‍न गरिन्। उनले घटनालगत्तै टिकारामले झोलामा दुई जोर कपडा राखेर फरार भएको समेत बताइन्। ‘प्रहरीले यस्तो घटनालाई पनि ढाकछोप गर्न खोज्यो, जबसम्म न्याय पाइँदैन, शव उठाइन्‍न।’

 प्रहरीले दोषीहरुलाई आर्थिक प्रलोभनमा पारेर उम्काउने खोजेको आफन्तको आरोप छ । प्लेकार्ड सहित अदालत अगाडि प्रहरीविरुद्ध नाराबाजी समेत गरे। घुस खान पाइँदैन, अपराधीलाई कारबाही गर, हत्यारालाई खुलेआम छोड्न पाइँदैन, जस्ता नारा लगाए। 

प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा मृतक सीताका श्रीमान टिका पौडेल, जेठाजु हरि प्रसाद पौडेल र मृतककी आमाजु बिष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।


भदौ २२ गते मृतक भण्डारीका बुबा हरिप्रसाद भण्डारीबाट मृतकका श्रीमान टिका पौडेल र अमाजू दिदि विष्णु पौडेलविरुद्ध आत्महत्या दुरुत्साहन जाहेरी दिएका थिए। हत्याको जाहेरी दिन खोजे पनि प्रहरीले नमानेपछि आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन्। 


प्रहरीले आत्महत्याकै प्रमाण सुरुदेखि नै बलियो बनाउन खोजेको देखिन्छ। तर, सिताका माइती भने ज्वाईं र परिवारको व्यवहारले हत्या भएको दाबी गरेपछि सुरुदेखि नै प्रहरीसँग कुरा बाझिएको थियो। आत्महत्या दुरुत्साहनको मुद्दाकै आधारमा सिताका पती टिकाराम र अमाजू विष्णुलाई पक्राउ गरेको हो। तर, माइती पक्षले हत्या नै दाबी गर्दै प्रदर्शन चर्काएपछि भदौ २९ गते पुन मृतक सिताका बुबा हरिप्रसाद भण्डारीले ज्यान मुद्दामा टिका पौडेल, विष्णु पौडेल र हरिप्रसाद पौडलविरुद्ध जाहेरी दर्ता दिएका थिए।

 

कर्तव्य गरेको जाहेरी लिए पनि प्रहरीले भने आत्महत्या दुरुत्साहन नै भएको प्रमाणसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। अनुसन्धानमा श्रीमान टिकारामसँग पारिवारिक विषयमा झगडा भइरहने र उक्त दिन पनि विवाद भएपछि आत्महत्या भएको उल्लेख गरेको छ। मृतकका आफन्तीले भने प्रहरीको अनुसन्धान प्रक्रियामा प्रश्न उठाएका छन्।

  

आइफोनको नोट प्याडमा मृतक आफैंले 'सुसाइड नोट' कसरी लेख्‍न सक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो, आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो, आत्महत्या भएको घटनामा श्रीमान टिकाराम किन फरार भए?, वडासदस्य समेत रहेका हरि पौडेलले बिहानै वडा अध्यक्ष चेतनारायण भण्डारीलाई फोन गरेर किन बोलाइयो?' माइती पक्षको प्रश्न छ।

 

मृतकका नाताले दाजु पर्ने गोपाल भण्डारीले प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष छानबिन नगरेको आरोप लगाएका छन्। प्रहरीले पोस्टमार्टम रिपोर्टमा उल्लेख भएको प्रमाणलाई समेत बेवास्ता गरेको उनको भनाइ छ। ‘हाम्रो छोरीले अकालमा ज्यान गुमाउनुपर्‍यो, न्यायका लागि हामी सडकमा हिड्नुपरेको छ,’ उनले भने, ‘सितालाई न्याय नपाउनु भनेको देशैभरका नारीहरुले न्याय नपाउनु हो।’

 

गृहमन्त्रीको नगरमा प्रहरीमाथि नै शंका 


रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी नजिकै छ, गृहमन्त्री बालकृष्ण खाँणको घर। त्यसको केही पर हो २७ वर्षीया सिता भण्डारी पौड्यालको शव भेटिएको। होटल व्यवसाय समेत गर्दै आएका ४३ वर्षीय टीका पौड्यालकी श्रीमती सिताको २० गते आफ्नै घरको कोठामा रहस्यमय रुपमा मृत फेला परेकी थिइन्। 


करिब एक महिनादेखि शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। यो घटनाका विषयमा सामाजिक सञ्‍जालमा चर्को विरोध भए पनि न्यायका लागि भने न त प्रशासन नै बोलेको छ न त अधिकारकर्मी नै। गृहमन्त्री बालकृष्ण खाँणकै गृहनगरमा दिनहुँ प्रदर्शन भइरहेको छ।

 

त्यतिमात्रै होइन प्रहरीकै अनुसन्धानमा प्रश्‍न उठाउँदै न्याय मार्न खोजेको आरोप लगाएका छन्। तर, एक महिनादेखि एक जना युवतीको रहस्मय मृत्युको विषयमा सयौं नागरिक सडकमा उत्रँदा पनि न सरकार, न त कुनै महिला अधिकारकर्मी नै बोलेका छन्। घटना आत्महत्या हो या हत्या, त्यसको अनुसन्धान अझै टुंगिएको छैन।

 

घटना भएको लामो समयसम्म पनि पीडित परिवारले न्यायकै खोजीमा छन्। जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता डिल्लिराज ज्ञवालीले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अदालतमा अभियोजन गर्ने बताए। उनले यस्ता घटनामा आफूहरुले संवेदनशील रुपमा हेर्ने र आवश्यक प्रमाणका लागि समेत थप अनुसन्धान समेत गर्न लगाइने बताए। उनले पीडितले न्याय नपाउने सवालमा चिन्ता गर्नु स्वभाविक भए पनि आफूहरुले अध्ययन गरेर आवश्यक प्रमाण जुटाएर मात्रै अदालत पठाउने बताए। 

प्रकाशित: Oct 03, 2021| 21:05 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।