सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस पालिका अधिवेशन: प्रदेश १ मा पौडेल पक्ष वर्चस्व [सूचीसहित]

कांग्रेस पालिका अधिवेशन: प्रदेश १ मा पौडेल पक्ष वर्चस्व [सूचीसहित]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ-नगर अधिवेशन सम्पन्‍न भएको छ। सुनसरीको भोक्राहा नरसिंह र भोजपुरको षडानन्द नगरपालिका नेताहरुको विवादका कारण अधिवेशन हुन सकेको छैन।
 |  आइतबार, असोज १७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, असोज १७, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ-नगर अधिवेशन सम्पन्‍न भएको छ। सुनसरीको भोक्राहा नरसिंह र भोजपुरको षडानन्द नगरपालिका नेताहरुको विवादका कारण अधिवेशन हुन सकेको छैन। प्रदेश १ का १३७ मध्ये १३५ स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ।

National life

नेपाल समयले १४ वटै जिल्लाबाट संकलन गरेको विवरण अनुसार प्रदेश १ मा संस्थापन पक्ष कमजोर देखिएको छ। १३५ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदा पौडेल पक्षका ७८ जना सभापतिमा विजयी भएका छन्। संस्थापन पक्षले ४२ स्थानीय तहको नेतृत्व लिएको छ। 

झापामा नयाँ शक्तिका रुपमा कृष्ण सिटौला पक्ष १३ र विश्वप्रकाश शर्मा पक्षका २ जना सभापतिमा निर्वाचित भएका छन्। प्रदेश १ का एक मात्र विराटनगर महानगरपालिका र २ उपमहानगर धरान र इटहरीमा संस्थापन इतर समूहले कब्जा जमाएको छ। 

अधिकांश स्थानमा संस्थापन र संस्थापन इतर समूहले प्यानल नै बनाएर प्रतिष्पर्धा गरेका थिए। तेर्‍हथुम जिल्लाका ६ वटै स्थानीय तहमा सर्वसम्मत भएका छन्। सर्वसम्मत भएका सवै पौडल पक्षका रहेका छन् । अन्य १३ जिल्लाका केही स्थानीय तहमा निर्वाचन र केहीमा निर्विरोध भएको नेताहरुले बताएका छन्।

ताप्लेजुङमा संस्थापन पक्षका ६ जना सभापतिमा निर्वाचित भएका छन भने पौडल समूहका ३ जना विजयी भएका छन्। सुनसरीमा पौडल पक्ष ९ स्थानीय तहमा विजयी हुँदा संस्थापनले २ स्थानमा विजयी हासिल गरेको छ। एक स्थानीय तहमा अधिवेशन स्थगित छ।

Laxmi sunrise bank
kumari

झापामा संस्थापन र पौडल पक्ष नभइ सिटौला र शर्मा पक्षबाट प्रतिष्पर्धा भएको छ। सिटौलाले १३ स्थानीय तहमा विजयी हुँदा शर्मा पक्षका उम्मेदवारले २ स्थानीय तहमा विजयी भएका छन्। आठवटा स्थानीय तह रहेको उदयपुरमा पाँच स्थानीय तहमा संस्थापनले नेतृत्व गर्‍यो भने तीन स्थानीय तहमा पौडल पक्ष विजयी भएको छ। 

इलाममा सात स्थानीय तहमा पौडेल पक्षका सभापतिमा विजयी हुँदा तीन स्थानीय तहमा संस्थापन विजयी भएको छ। आठ स्थानीय तह रहेको पाँचथरमा ७ वटामा पौडेल पक्षले कब्जा जमाउँदा संस्थापनले एक स्थानीय तहमा मात्र विजयी हाँसिल गरेको छ। ओखलढुंगामा भने संस्थापन पक्षले पौडेल पक्षलाई रोक्न सफल भएको छ। 

आठवटै स्थानीय तहमा संस्थापनका उम्मेदवारले नेतृत्व गरेका छन्। वडा अधिवेशनमा ७५ मध्ये एकबाहेक सबै वडामा सहमति गरेको कांग्रेसले पालिका अधिवेशनमा आठमध्ये पाँच स्थानीय तहमा सहमति गरेको छ। सहमति भएका सबै स्थानमा संस्थापन पक्षका नेतालाई नेतृत्व दिइएको छ। निर्वाचन भएका तीन स्थानीय तहमा पनि संस्थापन पक्षकै नेताहरु निर्वाचित भएका छन्।

सोलुखुम्वुमा संस्थापन पक्ष अगाडि देखिएको छ। संस्थापन ५ स्थानीय तहमा विजयी हुँदा पौढल पक्ष ३ स्थानीय तहमा विजयी भएको छ। धनकुटामा पौडेल पक्षले ४ स्थानीय तहमा नेतृत्व गर्दा संस्थापन ३ स्थानीय तहमा आफ्नो नेतृत्व स्थापीत गरेको छ। १० वटा स्थानीय तह रहेको खोटाङमा ९ वटा स्थानीय तहमा पौडेल पक्ष विजयी हुँदा संस्थापन पक्ष एउटा गाउँपालिकामा मात्र विजयी भएको छ।

भोजपुरमा संस्थापन र पौडल पक्ष स्पष्ट भएर नखुले पनि आठजना विजयी सभापतिहरुमा पाँच जना संस्थापन निकट र ३ जना पौडल निकट रहेको जिल्ला नेताहरुले बताएका छन । भोजपुरको षडानन्द नगरपालिकामा अधिवेशन स्थगित छ। अधिवेशन चाँडै सक्नेबारे छलफल भइरहेको जिल्ला सभापति नन्दमणि राईले बताए। १० स्थानीय तह रहेको संखुवासभाका सवै स्थानीय तहमा पौडेल पक्षका उम्मेदवार निर्वाचित भएका छन्। 

आइतबार सम्पन्‍न मोरङको गाउँ–नगर अधिवेशनमा पौडल पक्ष बलियो देखिएको छ। १७ स्थानीय तह रहेको मोरङका १२ स्थानीय तहमा पौडल पक्ष विजयी हुँदा ५ स्थानीय तहमा संस्थापन पक्ष विजयी भएको छ।  विराटनगर लगायतका केही स्थानीय तहमा भने कोइराला–पौडल पक्षबाट नेताहरुले उम्मेदवारी दिएका थिए। 

सूची

प्रकाशित: Oct 03, 2021| 20:30 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।