आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमा ओलीलाई सजिलो हुनेगरी उमेर हद, यी नेता हुनेछन् दसौं महाधिवेशनपछि स्वत: अवकाश

एमालेमा ओलीलाई सजिलो हुनेगरी उमेर हद, यी नेता हुनेछन् दसौं महाधिवेशनपछि स्वत: अवकाश

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।
 |  आइतबार, असोज १७, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, असोज १७, २०७८

vianetvianet

काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारी बन्न ७० वर्ष उमेर पूरा हुनु नपर्ने प्रावधान कायमै राखेको छ। यो प्रावधान लागू भएसँगै सातजना प्रभावशाली नेताले दसौं महाधिवेशनपछि स्वतः अवकाश पाउने भएका छन्। यो प्रावधानले हाल ६५ वर्षभन्दा माथि उमेर भएका सबै नेता एघारौं महाधिवेशबाट पार्टी निर्वाचन लड्न र पदाधिकारी हुन अयोग्य हुनेछन्। उमेरका कारण यसरी अयोग्य हुनेमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, केशव बडाल, रामबहादुर थापालगायत छन्।

triton college

७० वर्षे प्रावधानका कारण ६८ वर्षकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ६८ वर्ष ३ महिना पुगेका युवराज ज्ञवाली, ६५ वर्र्ष २ महिना पुगेका भीम रावलले दसौं महाधिवेशनबाट अवकाश पाउनेछन्। यस्तै हाल ६७ वर्ष ८ महिना भएका महासचिव ईश्वर पोखरेल पनि एघारौैं महाधिवेशमा कुनै पनि पदको उम्मेदवार हुन पाउने छैनन्। 

सुवासचन्द्र नेम्वाङ ६८ वर्ष ६ महिना पुगेका छन्। उनले पनि दसौं महाधिवेशनपछि अवकाश पाउनेछन्। पूर्व माओवादी नेता रामबहादुर थापा पनि एघारौं महाधिवेशनमा निर्वाचन लड्न अयोग्य हुनेछन्। उनी हाल ६६ वर्ष ५ महिनाका भए। ६९ वर्षीय केशव बडाल पनि अवकाश पाउनेको सूचीमा पर्नेछन्। उनीहरुका लागि नेतृत्वमा पुग्ने र पार्टी हाक्ने अन्तिम अवसर दसौंं महाधिवेशनसम्म मात्रै हो।   

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै। 
त्यसो त एघारौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पनि उमेर हदका कारण रिङ आउट हुनेछन्। उनी अहिले ६९ वर्ष ७ महिना भए। मंसिरमा महाधिवेशन हुँदा उनी ६९ वर्ष ९ महिनाको हुनेछन्। त्यसैले उनी दसौं महाधिवेशन सकेसम्म मंसिरमै गर्ने र फेरि एकपटक पार्टीको अध्यक्ष हुने तयारीमा छन्। 

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै। 

ओलीले आफ्नो नेतृत्वमा फेरि चुनाव जितेर सानका साथ सिंहदरबार पस्ने कुरा पटकपटक बताउँदै आएका छन्। विधान महाधिवेशनले पनि आगामी चुनाव जित्ने रणनीतिअन्तर्गत भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सार्ने योजना बनाएको छ। 

National life insurance

ओलीपछि नेतृत्व सीधै विष्णु पौडेललाई 

दसौं महाधिवेशनपछि ओलीसहित प्रभावशाली नेताहरुले एकैसाथ अवकाश पाएपछि एमालेको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने देखिन्छ। बीचमा कुनै भवितव्य नभए एघारौं महाविधेशनबाट एमालेको नेतृत्वमा हालका उपमहासचिव विष्णु पौडेल स्थापित हुने सम्भावना बलियो छ। हाल ६१ वर्ष ११ महिनामा हिँड्दै गरेका पौडेल अध्यक्ष ओलीका प्रिय पात्र मानिन्छन्।

ओलीले पौडेललाई भावी अध्यक्षका रुपमा विकास गरिरहेको ओली निकट एक नेताले बताए। ‘अध्यक्षज्यू विष्णु पौडेललाई उत्तराधिकारी बनाउनुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ। उहाँले त्यहीअनुसार पौडेललाई विकास गर्ने, जिम्मेवारी दिने काम गरिरहनुभएको छ’, उनले भने। 

ती नेताका अनुसार नेता कार्यकर्तामाझ आफ्नो पहुँच बलियो बनाउन सहयोग होस् भनेर नै ओलीले पौडेललाई संगठन विभाग प्रमुख बनाएका हुन्। 

त्यसो त ओलीले आफू नेतृत्वको सरकारमा पौडेललाई उपप्रधानमन्त्री बनाएका थिए। त्यसअघि नेकपा पार्टी कायम रहँदा पनि ओलीले एमालेका उपमहासचिव पौडेललाई सीधै महासचिव बनाएर सचिवालयमा ल्याएका थिए। ओलीले विश्वास गरेका नेता पौडेल एघारौं महाधिवेशनमा ६७ वर्षका हुनेछन्। एघारौं महाधिवेशनसम्म ओलीको दबदबा रहेमा पौडेल नेतृत्वमा स्थापित हुने पक्का जस्तै रहेको एमाले नेताहरु बताउँछन्। 

एघारौं महाधिवेशनमा पौडेलसँगै प्रतिप्रर्धा गर्ने नेताहरुमा हाल ६० वर्ष पुगेका घनश्याम भुसाल, ६२ वर्षीय सचिव पृथ्वीसुब्बा गुरुङ, ५९ वर्ष पुगेका सचिव प्रदीप ज्ञवाली, ५७ वर्षीय शंकर पोखरेल हुनेछन्। यी नेतामध्ये ज्ञवाली, गुरुङ र पोखरेल ओलीसँग निकट छन् भने भुसालको त्यति राम्रो छैन। यद्यपि ओलीसँग पौडल जतिको नजिक र विश्वासिलो पात्र यी प्रतिपर्धीमध्ये कोही पनि छैनन्। विधान महाधिवेशनमा आफैंले प्रस्तुत गरेको ७० वर्षे प्रावधान कायमै राख्ने विष्णु पौडेलको प्रस्तावले उनलाई अबको पाँच वर्षपछि सीधै नेतृत्वमा स्थापित गर्ने सम्भावना बलियो देखिन्छ। 

पदमा निर्वाचित भएपछि ७० वर्ष पुगे पनि फरक नपर्ने 

एमालेमा ७० वर्षे प्रावधानको स्पष्ट व्याख्या भएको छ। ७० वर्षे भनिए पनि एमालेमा अलमल थियो। ७० छोएपछि हो कि पूरा भएपछि हो भन्ने विवाद अलमल रहेको भन्दै उपमहासचिव पौडेलले त्यसको व्याख्या गरेका छन्।

आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको आइतबार जवाफ दिने क्रममा पौडेलले भने, ‘कार्यकालका बारेमा कुनै कन्फ्युज छैन। एउटा व्यक्तिले उही तहको कार्यकारी पदमा दुई पटकमात्रै उम्मेदवार बन्न सक्ने हो। यो नै हुन्छ’, पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाइनेछ। कार्यकालको बीचमा ७० पूरा भएपछि त्यो कार्यकालभरि काम गर्न पाइनेछ।’

यो व्याख्याले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुने भएको छ। आगामी महाधिवेशनबाट उनी अध्यक्षमा दोहोरिने आकलन गरिएको छ। यो व्याख्यासँगै ओलीले अध्यक्षमा निर्वाचित भएपछि ७० वर्ष पुगे पनि पद छाड्नु पर्नेछैन। विधान महाधिवेशनले एउटै कार्यकारी पदमा एक व्यक्ति दुईपटक भन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।


प्रकाशित: Oct 03, 2021| 20:28 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...