सोमबार, असार २२, २०८३

ला लिगा : एट्लेटिको मड्रिडले बार्सिलोनलाई हरायो

स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध जित निकालेको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध जित निकालेको छ।

तलब बचाउने ध्याउन्नमा सबै महत्त्वपूर्ण खेलाडी बेचेर सिजन सुरु गरेको बार्सिलोनाले विरुद्ध एट्लेटिकोले २–० गोलको जित निकालेको हो।

एट्लेटिकोको जितका लागि थोमस लेमर र लुई सुआरेजले गोल गरेका हुन्। पछिल्लो सिजन सुआरेज बार्सिलोनाबाटै मड्रिड पुगेका हुन्। यो वर्ष पनि बार्सिलोनाले आफ्नो महत्त्वपूर्ण सदस्य एन्टोइन ग्रिजमनलाई लोनमा एट्लेटिकोमा पठाएको छ।

शनिबार राजितको जितसँगै एट्लेटिकोले ८ खेलबाट १७ अंक बनाएको छ। शीर्षस्थानको रियल मड्रिडको पनि समान १७ अंक रहेको छ। यद्यपि रियलले भने सात खेल खेलेको छ।

शनिबार रातिको खेलमा पराजित बार्सिलोनाले भने ७ खेलबाट १२ अंक जम्मा गरेको छ। बार्सिलोनाले  सिजनको पहिलो हार बेहोरेको हो।

यसअघि उसले तीन बराबरीको सामना गरिसकेको छ। शनिबार रातिकै अन्य खेलमा लेभन्टेविरुद्ध मायोर्काले जित निकालेको छ भने कार्जिड र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित: Oct 03, 2021| 08:16 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।