सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तिम समयमा लोकाटेलीको गोलले युभेन्टसलाई राहत, इन्टरको पनि जित

अन्तिम समयमा लोकाटेलीको गोलले युभेन्टसलाई राहत, इन्टरको पनि जित

इटालीयन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा खराब सुरुआत गरेको युभेन्टसले जितको लय समाएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- इटालीयन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा खराब सुरुआत गरेको युभेन्टसले जितको लय समाएको छ।

उसले शनिबार राति टोरिनोको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध १–० गोलको जित निकाल्दै लयमा फक्रिएको हो।

युभेन्टसको जितका लागि निर्धारित समयको चार मिनेट बाँकी रहँदा फेडेरिको किएजाको पासमा म्यानुएल लोकाटेलीले गोल गर्दै युभेन्टसलाई जित दिलाए। त्यो जितले युभेन्टसलाई लिगमा केही राहत भएको छ।

सिजनको सुरुमै तीन हार र दुई बराबरी गरिसकेको युभेन्टस सातौं चरणको खेल सकिँदा ११ अंकका साथ आठौं स्थानमा छ। उसले दुई सिजन अघिसम्म इटालियन सिरी ए मा लगातार जित निकालिरहेको थियो।

सिरी ए कै अर्को खेलमा साबिक विजेता इन्टर मिलानले ससुअलोविरुद्ध २–१ गोलको जित निकालेको छ। इन्टरको जितमा इडिन डिजोको र लाउतारो मार्टिने ले गोल गरेका छन्।

यता त्यसअघि खेलको पहिलो हाफमा डोमिनिको बेरार्डिले गोल गर्दै सुसुअलोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थाबाट इन्टरले जित निकालेको हो। यो जितसँगै इन्टर सिरी ए को दोस्रो स्थानमा छ। पराजित ससुअलो १२ औं स्थानमा छ।

प्रकाशित: Oct 03, 2021| 08:10 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।