सोमबार, असार २२, २०८३

चेल्सीको जितमा वार्नरको पनि गोल, बराबरीमा रोकियो आर्सनल

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि दाबेदार चेल्सीले जित निकालेको छ। प्रिमियर लिगको शनिबार रातिको खेलमा चेल्सीले साउथह्याम्टनविरुद्ध ३–१ गोलको जित निकालेको हो।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि दाबेदार चेल्सीले जित निकालेको छ। प्रिमियर लिगको शनिबार रातिको खेलमा चेल्सीले साउथह्याम्टनविरुद्ध ३–१ गोलको जित निकालेको हो।

घरेलु मैदानमा चेल्सीको जितका लागि ट्रिवोह चलोभ, टिमो वार्नर र बेन चिलवेलले गोल गरेका थिए। नवौं मिनेटमा चलोभले गोल गरेर चेल्सीलाई अग्रता दिलाए पनि ६१औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै साउथह्याम्टनका वार्ड प्रोविसले १–१ को बराबरी गरेका थिए।

खेलको ७७औं मिनेटमा साउथह्याम्टनका गोलकर्ता प्राविसले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको टिमविरुद्ध चेल्सीले दुई गोल थप्यो। यससँगै उसले ईपीएलमा १६ अंक बनाएको छ।

१६ अंकसँगै ऊ शीर्षस्थानमा छ। साउथह्याम्टन १७ औं स्थानमा छ।

ईपीएलकै अर्को खेलमा आर्सनल ब्राइटोनको मैदानमा घरेलु टिमसँगै गोलरहित बराबरीमा रोकिएको छ। निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि दुवै टिमले समान १–१ अंक बाँडेका छन्।

त्यो बराबरीसँगै १४ अंक बनाएको ब्राइटोन पाँचौं स्थानमा छ भने १० अंक बनाएको आर्सनल नवौं स्थानमा छ।

प्रकाशित: Oct 03, 2021| 07:48 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।