आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस: मोरङमा पालिका तहको मतपरिणाम आउन सुरु, कहाँ कसले जिते?

कांग्रेस: मोरङमा पालिका तहको मतपरिणाम आउन सुरु, कहाँ कसले जिते?

मतदान भएका ८ र सर्वसम्मत भएका ३ गरी ११ स्थानीय तहमा नेतृत्व चयन भएको छ। ११ मध्ये ८ वटामा पौडल समूह र ३ वटामा देउवा निकटका उम्मेदवार विजयी भएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका गाउँ-नगरको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सुरु भएको छ। मतदान भएका ८ र सर्वसम्मत भएका ३ गरी ११ स्थानीय तहमा नेतृत्व चयन भएको छ। ११ मध्ये ८ वटामा पौडल समूह र ३ वटामा देउवा निकटका उम्मेदवार विजयी भएका छन्। 

National life

१७ वटा स्थानीय तहमध्ये तीनवटामा शुक्रबार नै निर्वारोध भएकाले १४ वटा स्थानीय तहमा शनिबार मतदान भएको हो। विराटनगर महानगरपालिकाको मतगणना अहिले केहीबेर पछि सुरु हुने मुख्य निर्वाचन अधिकृत केदार कार्कीले बताए।

यो सामाचार तयार पार्दा सम्म शनिवार निर्वाचन भएकामध्ये आठवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मिक्लाजुङमा बबि राई निर्वाचित भएका छन्। निर्वाचित राईले १३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे । निर्वाचित राई पौडल समूहका हुन्।

कटहरी पौडेल समूहका रामकुमार कामत ८३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४३ मत प्राप्त गरे ।  सभापतिका अर्का उम्मेदवार शम्भु साहले चार मत प्राप्त गरे। 

धनपालथानमा देउवा समूहका दीपकबीर पाण्डे सभापतिमा निर्वाचित भएका छन्। पाण्डेले ८३ मत प्राप्त गरे । बेलबारी नगरपालिकाको नगर सभापतिमा पौडल समूहका छत्र लिम्बु १३६ मत प्राप्त गरि विजय भएका छन् भने देउवा समुहका शम्भु भट्टराईले ९४ मत प्राप्त गरे।

Shivam cement

कानेपोखरीमा पौडेल समुहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन् । देउवा समुहका दीपक चौलागाईले ७१ मत प्राप्त गरे । 

सुनवर्षी नगरपालिकामा कमल किशोर गनगाई निर्वाचित भएका छन्। उनले १०५ मत ल्याए । उनका निकटतम प्रतिष्पर्धी महेश्वर राजवंशीले ८९ मत ल्याएका छन्। सभापतिमा निर्वाचित गनगाई देउवा समूहका हुन्।

पथरीशनिश्चरेमा रुपनारायण भट्टराई निर्वाचित भएका छन्। उनले ८२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी लोकनाथ खरेलले ५८ मत ल्याए। सभापतिमा निर्वाचित भट्टराई पौडेल समूहका हुन्। 

बूढीगंगामा जितनारायण थापा विजयी भएका छन्। उनी पौडेल निकट हुन्। यसअघि शुक्रबार जहदामा महेन्द्र मण्डल, उर्लाबारीमा सुरेन्द्र लिम्बु र केराबारीमा सभापतिमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित मण्डल देउवा, लिम्बु र बस्‍नेत पौडेल समूहका हुन्।

प्रकाशित: Oct 02, 2021| 20:35 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।