सोमबार, माघ ५, २०८२

आईपीएल: दिल्लीसँग चार विकेटले मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ। 

National life

शनिबार साँझ सम्पन्न खेलमा मुम्बईमाथि जित निकाल्दै दिल्ली प्लेअफमा पुग्‍ने दोस्रो टोली बनेको छ। चेन्‍नई सुपर किङ्स यसअघिनै प्लेअफमा पुगि सकेको छ। जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। 

दिल्लीका श्रेयस ऐर ३३ बलमा २ चौका सहित ३३ रनमा अविजित रहे। स्पिनर कुर्नाल पान्ड्यालाई पहिलो बलमा रविचन्द्रन आश्विनले छक्का प्रहार गर्दै जित पक्का गराए। आश्विन २१ बलमा १ छक्का सहित २० रनमा अविजित रहे।

दिल्लीका कप्तान ऋषभ पन्त २२ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा आउट भए। दिल्लीका ओपनर पृथ्वी शाह ६, शिखर धवन ८ र स्टिभ स्मिथ ९ रनमा आउट भएपछि दिल्लीले संघर्ष गरेको थियो। अक्षर पटेल ९ र शिम्रन हेटमायर १५ रनमा आउट भए। मुम्बईका ट्रेन्ट बोल्ट, जस्प्रित बुमराह, जयन्त यादव, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइलले १–१ विकेट लिए।

त्यसअघि शाहजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले २६ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए। क्विन्टन डि कक १९, रोहित शर्मा ७, सौरभ तिवारी १५ र काइरन पोलार्ड ६ रनमा आउट भए । हार्दिक पान्ड्या १७, क्रुनाल पान्ड्या १३ र जयन्त यादव ११ रनमा आउट भए।

Laxmi sunrise bank
kumari

दिल्लीका आवेश खानले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। एनरिच नोर्किया र रविचन्द्रन आश्विनले १–१ विकेट लिए।

प्रकाशित: Oct 02, 2021| 20:19 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।