सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • छोटो अवधिका प्रतियोगिताले भलिबलमा व्यवसायिकता भित्रिँदैन : अरुणा शाही

छोटो अवधिका प्रतियोगिताले भलिबलमा व्यवसायिकता भित्रिँदैन : अरुणा शाही

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भलिबलको विकासका लागि लामो प्रतियोगिता गर्नुपर्ने बताएकी छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भलिबलको विकासका लागि लामो प्रतियोगिता गर्नुपर्ने बताएकी छन्। 

National life

उनले छोटो प्रतियोगिताले खेलमा व्यवसायिकता नभित्रिन बरु चोटका घटनाहरु बढ्ने बताउँदै लामो प्रतियोगिता गर्नुपर्ने बताएकी हुन्। उनले नेपाल समयसँगको कुराकानीमा भनिन्, ‘सानो-सानो प्रतियोगिता खेलेर हामीलाई धेरै गाह्रो भइरहेको हुन्छ। अभ्यास भएको थिएन तर दैनिक खेल्नु परिरहँदा निकै गाह्रो हुने रहेछ। म्याच आ-आफ्नो हिसाबले टफ छ।’

उनले थपिन्, ‘आज खेल्यो फेरि भोलि पनि खेलिहाल्यो गर्दा हामीलाई धेरै गाह्रो भयो। अब लामो समयको खेल भयो भने सबै टिमसँग खेल्न पाइन्छ। त्यसले अनुभव पनि बढ्ने भयो। अनि हामीलाई चोट लाग्‍ने समस्या पनि कम हुन्छ।’

अहिले न्यु डायमन्डमा तीन जना मुख्य खेलाडीलाई चोट लागेको छ। सेटर करुणा शाहीको हातमा माइनल इन्ज्युरी छ भने ललिता नाथको पनि खुट्टामा इन्जुरी छ।

यता प्रतिभा माली इन्ज्युरीबाट भर्खरै मात्र रिकभर भएकी हुन्। उनलाई खेल र विश्राम उत्तिकै चाहिने हुन्छ। तर संघले थोरै समयको प्रतियोगिता आयोजना गर्ने र त्यसमा रेस्टको समय नदिँदा खेलाडीलाई गाह्रो भएको हो।

Laxmi sunrise bank
kumari

‘प्रतिभा त आफ्नो स्वास्थ्यले भन्दा पनि 'विल पावर' (इच्छाशक्ति)ले मात्र खेल्न सकेको हो। नभए यसरी जो कोही खेलाडीले खेल्न सक्दैन,’ कप्तान शाहीले भनिन्।

उनको टिम न्युडाइमन्डले शनिबार फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको छ। उसले साविक विजेता एपीएफालाई हराउँदै उपाधि जितेको हो। जितपछि शाही भन्छिन्, ‘हरेक खेल जित्दा खुसी लाग्छ। आज त उपाधि नै जित्यौँ, निकै खुसी लागिरहेको छ।’

लामो समयपछि खेल भएको कारण खेलाडीको फिटनेस राम्रो थिएन। कति खेलाडीले त जबरजस्ती खेलिरहेका छन्। ‘किनभने हामीलाई प्रतियोगिताको तयारीका लागि समय पनि थिएन। त्यसमाथि वर्षाको मौसमको कारण हामीले 'आउट-डोर गेम' पनि खेल्न पाएको थिएनौं। त्यसकारण निकै गाह्रो भयो,’ अरुणा शाहीले भनिन्।

तयारी कम नै भए पनि प्रतियोगिता 'टफ' भएको उनको निष्कर्ष छ। ‘भन्‍नुपर्दा अभ्यास अनुसारको खेलचाहीँ राम्रो नै भयो। जे होस्, आजको फाइनलसहित अरु खेलमा पनि बहिनीहरुको प्रदर्शन निकै राम्रो थियो। सबैको राम्रो भएकाले खेल जित्‍न पनि सजिलो भयो,’ उनले भनिन, ‘तर यो सिजनमा नयाँ खेलाडी देखिएन। महिलातर्फ ६ टिम मात्र थिए। सहभागिता कम भएकोले हो कि नदेखिएको एक त्यसमा पनि पहिले खेलिरहेका खेलाडी थिए।’

अब नेपालमा भलिबलको पनि फ्रेन्चाइज् हुने हल्ला चलिरहेको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्ट प्रालिले नेपालमा पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता गराउने भएको छ। 

‘फ्रेन्चाइज भयो भने खेलाडीका लागि एकदमै राम्रो हो। हामीले अहिलेसम्म व्यवसायिक खेल खेलेकै छैन। त्यसैले व्यवसायिकतामा जानका लागि राम्रो प्रतियोगिता हुनु जरुरी छ। यसले गर्दा खेलाडीलाई सपोर्ट र मोटिभेसन भएको छ,’ अरुणाले भनिन,‘खेलाडीलाई अक्सनमा राखेर टिम बनाउँदा नयाँ खेलाडी आउँछ कि भन्‍ने आशा छ। म पनि खेल्नका लागि उत्साहित छु।’


प्रकाशित: Oct 02, 2021| 19:47 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।