शुक्रबार, भदौ ५, २०८३

एमाले आफैं जनतामाझ नांगिदैछ: भुसाल

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन्।

महासचिव भुसालले एमालेले अदालतमा विचाराधिन मुद्दालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको तर्कसमेत गरे। शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफैं जनताको माझमा नांगिदै गएको दाबीसमेत गरे।

महासचिव भुसालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए। तर उनले मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाएनन्।

प्रकाशित: Oct 02, 2021| 17:47 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...