सोमबार, माघ ५, २०८२

नेपाल आर्मी बन्यो भलिबल च्याम्पियन, महिलातर्फ न्यू डायमन्ड

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। टिपटप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। टिपटप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।

National life

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलको पहिलो सेटमा २६–२४ को रोमाञ्चक जित निकालेको आर्मी दोस्रो सेटमा भने १७–२५ ले पराजित भएको थियो। तर, तेस्रो सेटमा सुरुदेखि नै अग्रता बनाएको आर्मीले २५–१८ को जित निकाल्यो। निर्णायक बनेको चौथो सेट ३३–३१ ले जित्दै आर्मी च्याम्पियन बन्यो।

आर्मीले सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। हेल्प नेपालले भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

आर्मीले उपाधिसहित ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ। यस्तै, दोस्रो हुने हेल्प नेपालले २ लाख र तेस्रो नेपाल पुलिस क्लबले १ लाख रूपैयाँ प्राप्त गरेका छन्।

महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ। शनिबार नै भएको फाइनलमा विभागीय क्लब एपीएफलाई ३–१ सेटको नतिजामा पराजित गर्दै न्यू डायमन्ड च्याम्पियन बनेको हो। एपीएफ उपविजेता बन्यो भने आर्मी तेस्रो भयो। महिलातर्फ पनि विजेताले ४, उपविजेताले २ र तेस्रो हुनेले १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

Laxmi sunrise bank
kumari

महिला–पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले २५–२५ हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले १०–१० हजार नगद पुरस्कार प्राप्त गरे।






प्रकाशित: Oct 02, 2021| 18:43 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।