काठमाडौं– जारी एनभिए क्लब च्याम्पियनसिप अन्तर्गत टिपटक हेल्प नेपाल र नेपाल आर्मीबीचको फाइनलमा दर्शकले बोतल प्रहार गरेका छन्।
रेफ्री गौतम लासिवाको निर्णय गलत भएको भन्दै समर्थनले पानीको बोतल प्रहार गरेका हुन्। उनले आर्मीले प्रहार गरेको स्पाइकमा गल्ती देखाएर हेल्प नेपाललाई अंक दिएका थिए। उनले अंक दिएपछि खेलमा २४–२४ को बराबरी भएको थियो।
सो क्रममा आर्मीका प्रशिक्षक जगत सिंहले खेलाडीलाई बाहिर बोलाएका थिए। खेलाडीहरू ३ मिनेटपछि मैदान फर्किएपछि खेल सुचारु भएको छ।