बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिपुलेक सडकबारे बोल्दै भारतीय रक्षामन्त्रीले भने- नेपाल छिमेकी मात्र होइन, परिवारको सदस्य हो

लिपुलेक सडकबारे बोल्दै भारतीय रक्षामन्त्रीले भने- नेपाल छिमेकी मात्र होइन, परिवारको सदस्य हो

लिपुलेकमा बनिरहेको सडकले नेपाल, तिब्बत र चीनलाई जोडेको छ। यस सडकले मानसरोवरसम्मको सहज पहुँच स्थापित गरेको छ। यस सडकले नेपाललाई भारतसँग थप नजिक ल्याइ दिएको छ। नेपाल केवल छिमेकीमात्र होइन, परिवारको एक सदस्य हो।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबार जोड्‍ने सडकको निर्माण कार्य भइरहेको बताएका छन्। 

भारतीय स्वतन्त्र सेनानी वीर चन्द्रसिंह गढवालीको उत्तराखण्डको पउरी (गढवाल) मा बनाइएको शालिक अनावरण गर्दै रक्षामन्त्री सिंहले सडकको विकासले राज्यको समृद्धि र अर्थतन्त्रलाई बलियो बनाउने बताएका हुन्। 

उनले भने, 'लिपुलेकमा बनिरहेको सडकले नेपाल, तिब्बत र चीनलाई जोडेको छ। यस सडकले मानसरोवरसम्मको सहज पहुँच स्थापित गरेको छ। यस सडकले नेपाललाई भारतसँग थप नजिक ल्याइ दिएको छ। नेपाल केवल छिमेकीमात्र होइन, परिवारको एक सदस्य हो।' 

नेपालले भने लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूमि भएको भन्दै लिपुलेकमा भारतले अन्तर्राष्ट्रिय सीमा नियमको उल्लंघन गरेको, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ। 

रक्षामन्त्री सिंहले भारतले वसुधैव कुटुम्बकमको सिद्धान्त अवलम्बन गरेको उल्लेख गर्दै कुनै पनि मुलुकमा आक्रमण तथा अतिक्रमण नगरेको पनि बताएका छन्। उनले भारतको एक इन्च भूमि पनि कसैले अतिक्रमण गरेमा नसहनेसमेत बताएका छन्। 

उनले थपे, 'भारतको एक इन्च भूमि पनि कसैले अतिक्रमण गर्न खोजेको अवस्थामा भारतले सहन सक्दैन। त्यसको जवाफ भारतीय रक्षा बलले अवश्‍य दनेछन्।' 

उनले 'बोर्डर रोड अर्गनाइजेसन'ले उत्तराखण्डमा एक हजार किलोमिटर सडक निर्माणको जिम्मा लिएकोमा ८०० किलोमिटर सडक लाइन अफ एक्चुअल कन्ट्रोलसँग सडक सञ्‍जाल विस्तार गरिने बताएका छन्। बाँकी अन्तर्राष्ट्रिय सीमासम्म सडक नेटवर्क विस्तार गरिनेसमेत उनले जनाएका छन्। 

उनले भारतीय सेनाले गलवान घाँटीमा एलओसीको उल्लंघन गर्न खोजेको समयमा चिनियाँ सेनाले त्यसको प्रतिकार गरेको भन्दै चिनियाँ विदेशमन्त्री वाङ यीको प्रतिक्रियालाई खारेज गरेका छन्। भारतीय सेनाले एलओसीमा कुनै पनि नियमको उल्लंघन नगरेको दाबी गरेका छन्। - एएनआई

प्रकाशित: Oct 02, 2021| 16:11 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।