सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि न्यु- डायमन्डलाई

एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि न्यु- डायमन्डलाई

छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले जित निकालेको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- छैटौं संस्करण को एनभीए राष्ट्रिय  महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार  सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले जित निकालेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा न्यु डायमन्डले विभागीय टिम एपीएफलाई ३-१ को सेटमा हराउँदै जित निकालेको हो। 

National life

खेलमा न्यु डायमन्डले एपीएफ विरुद्ध २४-२६, २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो। पहिलो निकै प्रतिस्पर्धात्मक सेटमा २६-२४ को जित निकालेको एपीएफले दोस्रो स्टमा खराब सुरुवात गरेको थियो। उसले ८-१६ ले पछि परेको अवस्थालाई निरन्तरता दिँदै २१-२५ को हार बेहोर्यो।

सोही सेटमा १९-२१ को अवस्थाबाट पुनरागमन प्रयास गरे पनि एपीएफले पुनरागमन गर्न सकेन। तेस्रो सेटमा न्यु डायनम्ड ९-१४ ले अगि रहँदै १४-२१ भएर १७-२५ को जित निकाल्यो। एपीएफका खेलाडील पेसमा रहन नसक्दा निरन्तर अंक गुमाइरहे जसको फाइदा न्यु डायमन्डले लियो।

चौथो सेटमा एपीएफले सहज सुरुवात गरे पनि ४-२ को अवस्थापछि त्यही लयमा रहन सकेन र ७-१३ ले पछि पर्यो। अन्ततः न्यु डायमन्डले १५-२५ को जित निकाल्यो। जितसँगै न्यु डायमन्डले ४ लाख पुरस्कार जितेको छ। उपबिजेता एपीएफ क्लबले २ लाख जितेको छ। पुरुषतर्फको फाइनल खेलमा शनिबार टिपटप हेल्प नेपाल र आर्मी भिड्दै छन्।

प्रकाशित: Oct 02, 2021| 15:20 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।