बिहीबार, भदौ ४, २०८३

ओम बिक्रम बिष्टको गीतबाट राजबल्लभ अभिनयमा कमब्याक

म्याक्स टिभी नेपालले निर्माण गरेको यो गीतको भिडिओमा अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं-  ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, 'मलाई मात्रै हो कि प्रिति बिझाएको’ जस्ता कालजयी गीतका गायक ओम बिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको गीत ‘उनि आउने ...’ को भिडिओ रिलीज भएको छ। हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिइरहेका बिष्टले यो गीत केही वर्ष अगाडी नै तयार गरेका थिए।

म्याक्स टिभी नेपालले निर्माण गरेको यो गीतको भिडिओमा अमेरिका बस्दै आएका चर्चित अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन्। उनको साथमा संजिता कोइरालाको अभिनय देख्न सकिन्छ। ‘मोडहरूमा’ एल्बममा समावेश यस गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ। 

गीतको भिडिओलाई नवराज आचार्यले निर्देशन गरेका छन्। अमेरिकामा नै पूर्ण छायांकन गरिएको यस भिडिओका निर्देशक आचार्यले एक दशक अगाडी ‘कलिउड’ नामक नेपाली चलचित्रको निर्देशन गरेका थिए। आचार्य पनि हाल अमेरिकामा नै बस्दै आएका छन्। भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिंग गरेको भिडिओका छायाँकार शम्भु मोक्तान हुन्।

 अभिनेता कोइरालाले गायक ओम बिक्रम बिष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको बताएका छन्। ‘सुरुमा म भिडिओको लागि तयार छु कि छैन जस्तो लागेको थियो। जब मैले भिडिओको कन्सेप्ट सुने, त्यसलाई मैले न्याय गर्न सक्ने अवस्था देखेँ। ओम दाईको गीतमा काम गर्न पाउनु र टीम नै राम्रो देख्दा मैले राम्रो अवसर पाएको जस्तो लाग्यो। अमेरिकामा बनाए पनि काम एकदमै राम्रो भएको देखिएको छ’, राजले भने।

 केहि बर्षदेखि अमेरिकामा बस्दै आएका राजले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेका छन्। पछिल्लो पटक उनले तीन बर्ष अगाडी अम्बिका गुरुंग र रामकृष्ण ढकालको गीतमा अमेरिकाबाट नै अभिनय गरेका थिए।

प्रकाशित: Oct 02, 2021| 13:08 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।