सोमबार, असार २२, २०८३

पुलिसलाई सोझो सेटमा हराउँदै आर्मी तेस्रो

छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार बिहान तेस्रो स्थानको लागि सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- छैटौं संस्करण को एनभीए राष्ट्रिय  महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार बिहान तेस्रो स्थानको लागि सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार बिहान सम्पन्न खेलमा आर्मीले बिभागीय डर्बी पुलिसलाई ३-० को सेटमा हराउँदै जित निकालेको हो। खेलमा आर्मीले २५-१७, २५-२० र २५-१७ को जित निकाल्यो।

शनिबार यसबाहेक ३ खेल हुँदैछन्। महिलातर्फ नै आजै उपाधि दौडमा एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ। उनीहरूले दिउँसो १ बजेबाट प्रतिस्पर्धा गर्नेछन्।

यस्तै पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल भिड्नेछन्। आर्मी र डिफेन्डिङ च्याम्पियन हेल्प नेपालबीचको फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ।  पुरुषतर्फको तेस्रो स्थानको लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब अहिले प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो सेटमा पुलिसले २५-२७ ले जितेको छ।

प्रकाशित: Oct 02, 2021| 11:55 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।