अछाम- अछाममा उच्च रक्तस्रावका कारण एक गर्भवती महिलाको ज्यान गएको छ। अछामको तुर्माखाँद गाउँपालिका-१ रहफकी पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको हो।
बिहीबार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको शुक्रबार बिहान ५ बजे ज्यान गएको जिल्ला प्रहरी कर्यालय अछामले जनाएको छ।
रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएको स्वास्थ्य चौकी रहफले जनाएको छ। भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उनको ज्यान गएको स्वास्थ्यकर्मीको भनाइ छ।
यसअघि गम्भीर समस्या भए लगत्तै गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको भए पनि समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए।