सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • निकट प्रतिद्वन्द्वी एपिएफ र डायमन्डबीच शनिबार पुनः उपाधि भिडन्त

निकट प्रतिद्वन्द्वी एपिएफ र डायमन्डबीच शनिबार पुनः उपाधि भिडन्त

विभागीय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमन्ड क्लब एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधिका लागि पुनः भिड्ने भएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- विभागीय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमन्ड क्लब एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधिका लागि पुनः भिड्ने भएका छन्। पाँचौं संस्करणमा पनि दुई टोलीबीच उपाधिका लागि भिडन्त भएकोमा एपिएफले बाजी मारेको थियो।

National life

शुक्रबार सम्पन्न निकैनै प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली एपिएफले अर्को विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। एपिएफले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेट २१–२५ ले गुमाउन पुगेको एपिएफ तेस्रो सेट पनि २५–२७ ले गुमाउन पुग्यो। हारको नजिक पुगेको एपिएफ आफूलाई सम्हाल्दै चौथो सेटमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पुर्‍याउन सफल भयो। अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाइनल यात्रा तय गर्‍यो।

एपीएफका प्रशिक्षक महेश चौधरी आजको खेलमा सहजै जित निकाल्नेमा विश्वस्त छन्। उनले भने, ‘न्यडाइमन्डलाई त जितिरहेकै हो नि। उसलाई जित्न गाह्रो छैन। हामीले क्लब लिगमा चाहिँ एकपटक हारेको हो। त्यसपछि त हारेको छैन। भोटोकोसीको प्रतियोगितामा पनि जितेको नै हो। सधैँ हाबी नै हुन्छौं।’

Laxmi sunrise bank
kumari

एपीएफले शुक्रबारको खेलमा भने आर्मीसँग दुई सेट गुमाएको थियो। तर, आर्मीको जस्तो ब्लक न्यु डाइमन्डका खेलाडीमा नभएकाले आज जित निकाल्ने उनको विश्वास छ। भन्छन्, ‘ हिजोको खेलमा चाहिँ आर्मीले सोचेभन्दा राम्रो खेल्यो। हाम्रो स्पाइकहरू ब्लक गर्दियो। त्यसले खेल पाँचौं सेटसम्म पुगेको थियो। तर, न्यु डायमन्डका खेलाडीमा आर्मीकोमा जस्तो ब्लक हुँदैन। हामीले रोक्नु पर्ने नै प्रतिभा मालिलाई हो। अरुण सेटर भएकाले उनीसँग त्यति डराउनु पर्दैन।’

उनले यो उपाधिलाई एपीएफको दोस्रो उपाधि हुने बताउँछन्। भन्छन्, ‘भोटेकोसी यो वर्षको हाम्रो पहिलो उपाधि थियो यो हाम्रो दोस्रो उपाधि हुनेछ।’

सेमिफाइनलको दोस्रो खेल पनि निकैनै रोमाञ्चक रह्यो। होङ्गवान्जी न्यू डायमण्डले पुलिस माथि ३–२ को जित निकाल्दै उपाधिका लागि प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गरेको थियो। पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पेको डायमण्डले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो। 

यस्तै पुनः तेस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पन पुगेको डायमन्ड चौथो सेटमा सम्हालिँदै २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पुर्‍याउन सफल भयो। तेस्रो तथा अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै डायमन्ड उपाधिको निकट पुग्यो।

चैत्र महिनामा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमले स्थान बनाउने छन्।

यता न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आजको खेलमा विगतको नतिजालाई उल्ट्याउँदै राम्रो खेल पस्किएर उपाधि जित्ने बताएका छन्।

उनले आफ्नो टिममा कमजोरीको रूपमा रहेको ब्लक सुधार भएको साथै आरुणा शाही, प्रतिभा माली र ललिता नाथलाई नै ब्लकमा उपस्थित गराएर एपीएफबाट उपाधि खोस्ने बताए।

उनले भने, ‘यो जना फाइनल जित्ने नै छ। पहिले ब्लकको समस्या थियो। तर, अहिले छैन। प्रतिभा माली नै हाम्रो प्रमुख स्पाइकर हुन्। उनी चल्न सकेको अवस्थामा हामी जित्छौं।’

शुक्रबारको खेलमा न्यु डाइमन्डले नेपाल पुलिस क्लबसँग पाँच सेटमा पुगेर मात्र जित निकालेको थियो। त्यो खेलमा रेफ्रीको गलत निर्णयले टेम्पर गुमाउँदा खेल पाँच सेटसम्म पुगेको प्रशिक्षक राईले बताए।

‘मज्जाले देखिने गरी विपक्षीको ब्लकमा लागेर बल बाहिरिएको छ। तर, पनि अंक विपक्षीलाई दिँदा हाम्रा टिमका खेलाडीले टेम्पर गुमाए। त्यसपछि खेल बिग्रियो। अनि फर्मेटमा आएर खेल्न केही समय लाग्दा खेल पाँचौं सेटमा पुगिहाल्यो,’ उनले भने।

आज न्यु डायमन्डलाई एउटै मात्र चिन्ता छ खेलाडीको चोटको। उसको प्रतिभा माली, आरुणा शाही र ललिता नाथले सामान्य चोट बोकेका छन्। त्यसले धोका नदिएमा खेल जित्ने प्रशिक्षक राई बताउँछन्।

आजको फाइनलमा च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन्।

प्रकाशित: Oct 02, 2021| 08:34 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।