सोमबार, माघ ५, २०८२

बुटवलमा पुरुष भलिबल प्रतियोगिता सुरु

खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील लाफा समूहको आयोजनामा बि लेभल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

बुटवल- खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील लाफा समूहको आयोजनामा बि लेभल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

National life

खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै खेलाडीलाई संरक्षण र व्यावसायिक बनाउने उद्देश्यका साथ दिपनगरस्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूहबीच भएको मैत्रीपूर्ण खेलमा लाफा समूह विजयी भएको छ। 

लाफा समूहका पूर्व खेलाडीहरू खेलमा ३–१ को सेटमा विजयी भएका छन्। पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै लाफाले खेलमा अग्रता लिएको थियो। तर, तेस्रो सेट पत्रकारले २५–१९ को अंकको जित निकाल्दै खेलमा फर्केको भए पनि चौथो सेट लाफाले २५–२२ मा जित्दै खेल आफ्नो कोल्टामा पारेको थियो।

प्रतियोगितामा विभागीय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको समूहका अध्यक्ष तारा रेश्मी मगरले बताए। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए। 

यसैगरी द्वितीय टिमले नगद २० हजार, तृतीय टिमले नगद १० हजार रुपैयाँ तथा सान्त्वना टिमले नगद ५ हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए। खेल शनिबारदेखी सुरु हुने छ। 

Laxmi sunrise bank
kumari

रोल्पा, रुकुम, स्याङ्जा, पाल्पाबाट समेत सिक्दै आएको उनले बताए। एकेडेमीमा प्रशिक्षण लिँदै आएका खेलाडीहरूबाट नै २ टिम प्रतियोगितामा भाग लिएका छन्।

प्रकाशित: Oct 02, 2021| 08:06 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।