सोमबार, असार २२, २०८३

आईपीएलमा पञ्जाब किंगसको अर्को जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंसले अर्को जित निकालेको छ। दुवई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंसले अर्को जित निकालेको छ। दुवई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १६५ रन बनाएको थियो।

१६६ को लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले पाँच विकेटको क्षतिमा तीन बल बाँकी रहँदै १६८ रन बनाएर लक्ष्य पुरा गर्‍यो।

पञ्जाबका लागि कप्तान केएल राहुलले ६७ रन बनाए भने मयंक अग्रवालले ४० रन बनाए। त्यस्तै, एइडेन मकरमले पनि १८ रन जोडे।

पाञ्जाबलाई रोक्ने प्रयासमा कोलकत्ताका वरुण चक्रवर्तिले दुई विकेट लिए भने शिवम् मावी, सुनिल नयर र वेन्कटेस अयरले समान १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङमा आएको कोलकत्ताका वेन्कटेस अयरले ६७ र राहुन त्रिपतिले ३४ रन बनाए। पञ्जाबका अर्षदीप सिंहले ३ र रवि विश्नोईले दुई विकेट लिए।

यो जितसँगै पञ्जाबले १० अंक बनाएको छ। उसले प्ले अफमा जाने सम्भावनालाई कायम राखेको छ। पराजित कोलकत्ताको पनि समान १० अंक छ।

प्रकाशित: Oct 02, 2021| 07:11 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।