सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • हामीले माल्दिभ्सविरुद्ध राम्रो खेल्यौं : प्रशिक्षक अलमुताइरी

हामीले माल्दिभ्सविरुद्ध राम्रो खेल्यौं : प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले आयोजक माल्दिभ्सविरुद्ध निकै राम्रो प्रदर्शन गरेको बताएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले आयोजक माल्दिभ्सविरुद्ध निकै राम्रो प्रदर्शन गरेको बताएका छन्।

National life

शुक्रबार राति नेपालले माल्दिभ्सकै भूमिमा घरेलु समर्थकमाझ उसलाई हराएर तीन अंक जोडेको थियो। त्यसलाई सम्झिँदै प्रशिक्षक अलुमताइरीले भने, ‘खेलमा गोलरहित बराबरी हुनु वा नेपालको पक्ष्यमा नजिता रहनु माल्दिभ्सका लागि निकै दबाबकको कुरा हो।’

उनले नेपाली टिमले खेल सुधार गर्दै लगेको र शुक्रबार राति राम्राले खेलेको पनि बताएका छन्। उनले भने, ‘हामीले स्टेप वाई स्टेप खेल सुधार गर्दै लग्यौं। समग्रमा हामीले धेरै राम्रो खेल्यौं।’

यता माल्दिभ्सले पाएको अवसर पनि उपयोग गर्न सकेन। पोस्टतर्फको प्रहार नेपाली गोलकिपर किरण कुमार लिम्बूको हातसम्म मात्र पुग्यो र बाँकी प्रहार नेपालका डिफेन्डरले छेक्न सके। यस्तोमा माल्दिभस्ले नेपालको पोस्टनजिकै धेरै समय बल खेलाइरहे पनि गोल गर्न सकेन। 

‘माल्दिभ्सको कुरा गर्दा उनीहरूले सेट पिसमा गोल हुने अवस्था धेरै मिस गरेका छन्। तर, अन्त्यसम्म उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन्। यता हामीसँग केही अवसर थियो। र, यो नै फुटबल हो,’ अलमुताइरीले खेलपछि भने।

Laxmi sunrise bank
kumari

नेपाली टिममा मिश्रित सक्वाड हुनु सामान्य रहेको प्रशिक्षक अलमुताइरी बताउँछन्। उनले उमेरलाई एक नम्बरको संज्ञा दिँदै भने, ‘मैले यो पहिले पनि भनेको थिएँ। कतिपय खेलाडीहरू १५–१६ वर्षका पनि सिनियर टिममा खेल्न सक्छन्। तर, ओमनसँग हामीले हार बेहोर्दा नेपाली समर्थक धेरै रिसाएका थिए। त्यो स्वाभाविक नै थियो। यद्यपि ठूलो टिमसँग हार्न डराउनु हुँदैन।’

शुक्रबारको खेलमा नेपालका लागि युवा फरवार्ड मनिष डाँगीले गोल गरेका थिए। ८०औं मिनेटमा मैदान छिरेका डाँगीले ८५औं मिनेटमा काउन्टर अट्याकमा गोल गर्दै नेपाललाई जित दिलाए।

‘गोलको सन्दर्भमा आज मनिष निकै भाग्यमानी रहे,’ अलमुताइरले भने।

प्रकाशित: Oct 02, 2021| 06:59 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।