सोमबार, असार २२, २०८३

मनीषको सानदार गोलमा नेपालको ऐतिहासिक जित

मनीष डाँगीको गोलमा नेपालले साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्ध जित निकालेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– मनीष डाँगीको गोलमा नेपालले साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्ध जित निकालेको छ। खेलको ८६ औं मिनेटमा मनीषले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै सानदार गोल गरेका थिए। 

नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन। त्यति बेला नेपालले २–१ ले जितेको थियो । त्यसयता भएका सात खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन। 

शुक्रबार माल्दिभ्समा भएको खेलमा १–० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ।  खेलको छैटौं मिनेटमा नै माल्दिभ्सले गोल गर्ने सुन्दर अवसर पाएको थियो।  ११ औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै बचाएका थिए।

यसैगरी १२ औं मिनेटमा नेपाल गोल गर्ने अवसरबाट चुक्यो। नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र रहेको बललाई राम्रोसँग प्रहार गर्न सकेनन्। 

१९ औं मिनेटमा अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए। २३ औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुग श्रेष्ठको हेडर गोलरक्षक फैसलले विफल पारे। लगत्तै अर्कोतर्फ माल्दिभ्सले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन। 

 २८ औं मिनेटमा अली फसिरको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो। ३३ औं मिनेटमा अली अस्फाकले काउन्टर अट्याकमा बढेको आक्रमणमा नेपालका दुवै सेन्टर डिफेन्सलाई बिट गरे पनि उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको अन्तिम प्रहार गोलरक्षक किरणले सहजै बचाएका थिए।

दोस्रो हाफको सुरुवातमा नै तेज तामाङले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक फैसलले बचाएका थिए। ५६ औं मिनेटमा अन्जन विष्टको आक्रमण पनि उपयोगी बन्न सकेन। 

दोस्रो हाफको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनीष मैदान प्रवेश गरेका थिए। ८२ औं मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गरेका थिए।

पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। बंगलादेशले १–० को जित हासिल गर्दै ३ अंक जोडेको हो। 


प्रकाशित: Oct 01, 2021| 23:44 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।