सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाविरुद्ध बंगलादेशको जित

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाविरुद्ध बंगलादेशको जित

साफ च्याम्पिनयनसिप २०२१ को पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले हराउँदै प्रतिायेगिताको सुखद सुरुआत गरेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- दक्षिण एसियाको सबैभन्दा ठूलो भनिने फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ।

साफ च्याम्पिनयनसिप २०२१ को पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले हराउँदै प्रतिायेगिताको सुखद सुरुआत गरेको छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशको जितका लागि टोपु बर्मनले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ५६ औं मिनेटमा पाएको पेनाल्टीको अवसरको सदुपयोग गर्दै बर्मनले गोल गरेका हुन्।

उनको गोलसँगै अग्रता बनाएको बंगलादेशले सोही गोलको आधारमा जित निकालेको हो। यो जितसँगै बंगलादेशले तीन अंक जोडेको छ। पौने १० बजे नेपालले आयोजक माल्दिभ्सको सामना गर्नेछ।

प्रकाशित: Oct 01, 2021| 20:17 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।