सोमबार, असार २२, २०८३

ईपीएलमा ललितपुर र चितवनको जित

इभरेस्ट प्रिमियर लिग (ईपीएल)मा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पस्किएको ललितपुर प्याट्रिओट्सले विराटनगर वारियर्सविरुद्ध ३७ रनको जित निकालेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काडमाडौं-  इभरेस्ट प्रिमियर लिग (ईपीएल)मा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पस्किएको ललितपुर प्याट्रिओट्सले विराटनगर वारियर्सविरुद्ध ३७ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज दिउँसो सम्पन्न खेलमा साविक विजेता ललितपुले पहिलो जित निकालेको हो।

जितका लागि ओमरजाई नायक रहे। उनले २१ बलमा  अर्धशतक पूरा गर्दै ईपीएलमा सर्वाधिक छिटो अर्धसतक बनाउने खेलाडीको रेकर्ड बनाए।

उनले २४ बलमा ५८ रन बनाए भने सन्दुम विराक्कोडीले ४३ बलमा ७३ रन बनाए। यता विराटनगरका करण केसीले दुई विकेट लिए। त्यस्तै, सिकन्दर राजा, प्रतिश जिसी र दिलसाना मुनवेराले एक विकेट लिए।

ललितपुरले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २२६ रन बनायो। २२७ रनको लक्ष्य पछ्याएको विराटनगर वारियर्सले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर १८९ रन बनायो।

विराटनगरका दिलसानाले ५९, आशिफ शेखलले ३७ र चन्द्रपल हेमराजले २८ रन बनाए। ललितपुका ओमरजाईले चार विकेट लिए भने ललित राजबंशीले दुई विकेट गिराए।

आजकै अर्को खेलमा पोखरा राइनोलाई चितवन टाइगर्सले ९ विकेटले हराएको छ। टस जितेर ब्याटिङ राजेको पोखराले पुरा ओभर खेल्दै ७ विकेट गुमाएर १२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा चितवनले एकमात्र विकेट गुमाएर १६ ओभर ४ बलमा १२४ रनको लक्ष्य पूरा गर्‍यो।

चितवनका लागि ६३ रन बनाएका मोहम्मद साहजाद नायक रहे। उनीबाहेक इशान पाण्डेले पनि ५४ रन बनाए। त्यसपहिले पोखराका विवेक यादवले ५३ रन बनाएका थिए।

प्रकाशित: Oct 01, 2021| 20:03 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।