काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ६ हजार नेताकार्यकर्ताका माझ विधान महाधिवेशन उद्घाटन गर्दै गर्दा एमाले नेता प्रभु साह आफू निकटका कार्यकर्तासँग छलफलमा थिए। बिहीबार ओलीसँग भएको भेटमा कुरा नमिलेपछि उनले महाधिवेशन बहिष्कार गरेका हुन्।
असोज ८ गते बसेको केन्द्रीय कमिटीको बैठकमा ८ बुँदे माग राखेका साह एमालेलाई नेकपाकै निरन्तरताका रूपमा अगाडि बढाउनुपर्ने र एकताको भावनाअनुसार कार्य सञ्चालन गर्नुपर्ने अडानमा छन्।
पार्टीको पदीय वरीयताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुईटै पार्टीको वैधानिक हैसियतलाई ख्याल गरी नयाँ वरीयताक्रम निर्धारण गर्नुपर्ने उनको माग छ। तर, यो माग सम्बोधन नभएपछि उनी अहिले एमाले छाड्ने मुडमा पुगेका हुन्।
माओवादी छाडेर रामबहादुर थापासँगै एमालेमा प्रवेश गरेका प्रभु साह औपचारिक रुपमा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। तर, उनी एमालेका बैठकहरूमा सहभागी हुने गरेका छैनन्। सहभागी भएका केही बैठकमा पनि उनी माइन्युटमा हस्ताक्षर नगरी हिँड्ने गरेका छन्। पछिल्लो समय उनी एमालेका कार्यक्रमका उपस्थित भएका छैनन्।
आईटी आर्मीका रुपमा गृहजिल्ला रौतहटमा सक्रिय साह आफूलाई प्रदेश २ को अध्यक्ष नदिएका कारण ओलीसँग चिढिएका छन्।
नेकपा छँदा प्रदेश २ को अध्यक्षको भूमिका पाएका उनी एमाले ब्युँतिएपछि त्यो भूमिकाबाट च्यूत भए। ओलीले ज्वालाकुमारी साहलाई अध्यक्ष बनाएका छन्। ज्वालाले प्रदेशमा जिल्ला कमिटी चयन गर्ने विषयमा प्रभु साहसँग छलफलसमेत नगरेपछि उनी थप चिढिएका थिए।
‘जसको पछि लाग्दा मन्त्री मात्रै होइन्, सांसद पद नै गुम्यो उसैले फरक व्यवहार गरेपछि पार्टीमा बस्न सक्ने अवस्था बनेन। त्यसैले उहाँ फरक तरिकाले अघि बढ्न खोज्नुभएको हो’, नेता साह निकट रौतहटका एक स्थानीय नेताले भने।
आठबुँदेमा जे जे भने पनि मुख्यतः प्रदेश २ को सम्पूर्ण जिम्मा आफूलाई दिनुपर्ने र स्थायी कमिटी सदस्य बनाउनुपर्ने उनको माग छ। उनको यो माग पूरा गर्न ओली तयार नभएपछि माओवादी केन्द्र छाडेर एमालेमा लागेका उनी उक्त पार्टीमा नरहने निचोडमा पुगेका छन्। ‘जसको पछि लाग्दा मन्त्री मात्रै होइन्, सांसद पद नै गुम्यो उसैले फरक व्यवहार गरेपछि पार्टीमा बस्न सक्ने अवस्था बनेन। त्यसैले उहाँ फरक तरिकाले अघि बढ्न खोज्नु भएको हो’, नेता साह निकट रौतहटका एक स्थानीय नेताले भने। फरक बाटो भनेको कस्तो हो भन्ने प्रश्नमा तीन नेताले भने, ‘मिलेसम्म माओवादीमा फर्किने नभए नयाँ पार्टी गठन गर्ने। त्यसका लागि उहाँ छलफलमा हुनुहुन्छ।’
यसबीचमा नेता साहले माओवादीमा फर्कने प्रयत्न नगरेका होइनन्। अध्यक्ष पुष्पकमल दाहालबाट सकारात्मक ‘रेस्पोन्स’ नपाएपछि उनी न एमालेमा रहन सक्ने न माओवादीमा फर्कने स्थितिमा पुगेका छन्। साह निकट एक नेता भन्छन्, ‘माओवादीमा फर्किन नसकिने अवस्था भए उहाँ आफ्नै नेतृत्वमा पार्टी गठन गर्नेसम्मको निष्कर्षमा पुग्नुभएको छ।’
पछिल्लो केही दिनयता एमालेमा आएका पूर्व माओवादी नेताकार्यकर्तासँग बाक्लो छलफल गरिरहेका साह आफू एमालेको नेता नभएको बताउँछन्। ‘यथास्थितिमा हामी एमालेमा छैनौं। एकता गरेर आएकाले एकतको भावनाविपरीत नेतृत्व हिँड्छ भने त्यो पार्टीमा छु भन्नुको अर्थ छैन। तर, नयाँ स्थिति बन्यो भने एमालेबाट अलग हुनुपर्ने कुनै कारण पनि देख्दिनँ’, उनले भने। एमालेको जबज सिद्धान्त र पद्धतिलाई आफूले स्वीकार्न नसकेको उनको भनाइ छ।
साहका अनुसार संख्या र मात्रा कमबेसी भए पनि आफूले राखेको माग माओवादीबाट एमालेमा आबद्ध भएका सबैको हो। ‘टोपबहादुर रायमाझीजीले निर्माण गरेका बुँदाहरुलाई हामीले व्यवस्थित गरेका हौं। त्यसैले यो प्रभु साहको मात्रै होइन। प्रस्तुत मैले गरेको हुँ। तर आममाओवादी पक्षको भावनाको प्रतिनिधित्व गरेर हामीले राखेका हौं’, उनले भने।
हामी एमाले होइनौं, नेकपा हौं। नेकपा भनेरै ओली पक्षमा गएका हौं। नेकपाको निरन्तरता नहुने भए नयाँ दल खोल्नुपर्छ भनेरै आइटी आर्मीको अभ्यास गरिएको हो’, साह निकट ती नेताले।
ओलीसँग असन्तुष्ट बनेपछि एमालेका बैठकहरुमा भाग लिन छाडेका साहले गत साउन ५ गते ‘आईटी आर्मी’ नामको एउटा संगठन घोषणा गरेका थिए। कार्यक्रममा पूर्वमाओवादी नेतासहित केही एमाले नेतासमेत सहभागी थिए। ‘सामाजिक विकृति विसंगतिविरुद्ध लड्ने’ भन्दै घोषणा गरिएको त्यो संगठनले प्रदेश २ का आठ जिल्लामा संरचना बनाएको छ। त्यसकै नाममा अहिले प्रदेशभर एमसीसीको विरोधदेखि किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सडक प्रदर्शन भइरहेका छन्।
‘हामी एमाले होइनौं, नेकपा हौं। नेकपा भनेरै ओली पक्षमा गएका हौं। नेकपाको निरन्तरता नहुने भए नयाँ दल खोल्नुपर्छ भनेरै आइटी आर्मीको अभ्यास गरिएको हो’, साह निकट ती नेताले। प्रदेश २ का जिल्लामा केन्द्रित भएका साह संसद्बाहिरका कम्युनिस्टसँग मोर्चाबन्दी गर्ने योजनामा छन्।
साह मात्रै होइन, पछिल्लो समय टोपबहादुर रायमाझी र मणि थापा पनि केपी ओलीसँग असन्तुष्ट देखिएका छन्। तर, लेखराज भट्ट भने सुदूरपश्चिमको इन्चार्ज पाएकाले ओलीसँग ‘टस्सल’ नगर्ने मुडमा छन्। केन्द्रमा मात्रै नभएर प्रदेश तहमा पनि पूर्वमाओवादीका नेताहरुमा असन्तुष्टि देखिन थालेको छ। विशेष गरी प्रदेश नम्बर २ मा पूर्व माओवादीका नेताहरु र पूर्वएमालेका नेताबीच खटपट देखिएको छ।
प्रभु साहको राजनीतिक उतारचढाव
माओवादीमा रहँदा साह लामो समय बाबुराम भट्टराई निकट थिए। बाबुरामले माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरेपछि साह माओवादीमै बसे। बाबुराम माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहालको आलोचक रहँदै आएका साह त्यसपछि दाहालसँगै नजिकिए। एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि उनी दाहालसँगै नजिक थिए। तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी ओलीविरुद्ध उभिएका थिए।
सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको र जनताको प्रतिनिधि थलो विघटन गर्नु जनताको अपमान भएको उल्लेख गरेका थिए।
विघटनलगत्तै नेकपामा ओली एकातिर र दाहाल–माधवकुमार नेपाल अर्कोतिर देखिए। एकले अर्को पक्षलाई निषेध र कारबाही गर्ने शृंखला चल्यो। दाहालले नेकपा अध्यक्षको हैसियतमा अर्का अध्यक्ष ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गराए। तत्कालीन नेकपाभित्रको विवाद यसरी उत्कर्षमा पुगेपछि, खासगरी नेपाललाई अध्यक्ष बनाउने निर्णय भएपछि साहको असन्तुष्टि सुरु भयो। तत्कालीन नेकपाको दाहाल–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका साहले बैठक कक्षमा उठेरै नेपाललाई अध्यक्ष बनाउन नहुने बताएका थिए। तर, उनको आवाज सुनुवाइ भएन।
एकपछि अर्को गर्दै पद खोसिने र एमालेमा भूमिका विहीन हुने अवस्था आएपछि साहसहितका केही पूर्व माओवादी नेता एमाले छाड्ने तयारीमा जुटेका हुन्।
पार्टी त्यागेपछि माओवादी केन्द्रले उनीसहित प्रतिनिधिसभाका चार (प्रभु शाह, टोपबहादुर रायमाझी, लेखरा भट्ट, गौरीशंकर चौधरी) र राष्ट्रियसभा एक सदस्य (रामबहादुर थापा) लाई सांसद पदबाट निकाल्यो। सांसद् नभए पनि पुनः मन्त्री बनेका उनीहरु सर्वोच्च आदेशबाट मन्त्रीबाट समेत बर्खास्त भए। यसरी एकपछि अर्को गर्दै पद खोसिने र एमालेमा भूमिका विहीन हुने अवस्था आएपछि साहसहितका केही पूर्व माओवादी नेता एमाले छाड्ने तयारीमा जुटेका हुन्।