बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशको बारेमा सोच्नुपर्ने बेला आएको छ: पूर्वयुवराज्ञी हिमानी

देशको बारेमा सोच्नुपर्ने बेला आएको छ: पूर्वयुवराज्ञी हिमानी

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्।

शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी हुन्।

उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन्। युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताइन्।

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्नेमा जोड दिइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन्।

पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्। उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन्।


प्रकाशित: Oct 01, 2021| 18:02 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।