काठमाडौं– सर्वोच्च अदालतबाट चार जना पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका छन्। उनीहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा खारेज गर्ने फैसला सर्वोच्चले शुक्रबार सुनाएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासले चार जना पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिएको हो। २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।