काठमाडौं- विश्व अनुवाद दिवसको अवसरमा शुभकामना दिँदै प्रकाशन गृह बुक हिलले दक्षिण कोरियाली लेखक 'हान काङ’को सन् २०१६ को 'म्यान बुकर पुरस्कार’ विजेता पुस्तक 'द भेजिटेरियन’ अनुवाद अधिकार लिई नेपाली भाषामा प्रकाशन गर्न लागेको जनाएको छ।
प्रवीण अधिकारीले अनुवाद गरेको पुस्तक जनवरी २०२२ मा पाठक माझ आउने बुक हिलले जनाएको छ।
बुकहिलले गत वर्ष अंग्रेजी भाषाबाट ४ वटा किताब नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको थियो। दसैंको छेकोमा योङ्गे मिङ्युर रिम्पोछेको 'द जोय अफ् लिभिङ’ को नेपाली अनुवाद 'जिउनुको मज्जा’ (अनुवादक– सरोज धिताल), चिनियाँ लेखक सुयमोका कथाको अनुवाद 'सिनचियाङ बुढो’ (अनुवाद मल्ल के सुन्दर), फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस’ (अनुवाद– रामचन्द्र केसी) प्रकाशन गर्ने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिएका छन्।