बिहीबार, भदौ ४, २०८३

निमा रुम्बाले ल्याए ‘पागल प्रेमि–२’को भिडियो

काठमाडौं मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- काठमाडौं मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन्। हालै मात्र रुम्बाको नयाँ गीत ‘पागल प्रेमी–२ (क्रेजी लभर)’को भिडियो सार्वजनिक भएको छ। गीतमा निमाकै शब्द, संगीत र स्वर छ।

निमाले आर एण्ड बि र्‍याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ बि.सं. २०५० मा ल्याएका थिए। जुन गीत अलटाइम हिट गीत हो। हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए। उक्त गीतका लागि निमा रुम्बा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए।

सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ। यो पप, इडिएम, डिसको र आर एण्ड बि शैलीको फ्युजन गीत हो।

अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमा आफै प्रमुख भूमिकामा छन्। उनको साथमा मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले अभिनय गरेका छन्। यी कलाकारसँगै केही अमेरिकन कलाकारको पनि अभिनय छ। गीतको भिडियो बनाउने क्रममा अण्डरकभर मिशनमा रहेका जासुस कथा समेटिएको छ।

यो भिडियोका निर्देशक आशिष श्रेष्ठ हुन्। भिडियोमा पट्कथा र सम्पादन पनि उनकै रहेको छ। भिडियो युवा फिल्म्स र आहा प्रोडक्सनले तयार पारेको हो। भिडियोका सह–निर्माता उज्ज्वल सिंह हुन्।

प्रकाशित: Oct 01, 2021| 12:33 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।