मंगलबार, वैशाख २५, २०८१

कर्णालीका तीन जिल्लामा कांग्रेस जिल्ला अधिवेशन हुँदै

आज कर्णालीका तीन जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ। कालीकोट, मुगु र हुम्लामा जिल्ला अधिवेशन हुन लागेको हो।
 |  शुक्रबार, असोज १५, २०७८

देव राना

देव राना

शुक्रबार, असोज १५, २०७८

सुर्खेत- आज कर्णालीका तीन जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ। कालीकोट, मुगु र हुम्लामा जिल्ला अधिवेशन हुन लागेको हो। 

triton college

नेतृत्वका लागि कालीकोटमा चार जना आकांक्षी छन्। हालका सभापति हर्षबहादुर बम, नेताहरू अम्मबहादुर शाही, दमन बहादुर शाही र मोतिराज बम सभापति बन्ने दाउमा छन्। हर्ष र अम्म बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने दमन र मोतिराज सभापति शेरबहादुर देउवा निकट हुन्। 

अम्म कांग्रेसका पुराना नेता हुन्। दमन हालका सहसचिव हुन भने मोतिराज महासमिति सदस्य हुन्। आकांक्षी धेरै भए पनि त्यहाँ सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्। सर्वसम्मत नेतृत्व छनौटका लागि चार जना बाहिरबाट समेत नेतृत्व छान्ने नेताहरूले प्रयास गरिरहेका छन् । 

कालीकोटमा कांग्रेसले वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वहरू सर्वसम्मत रूपमा छनौट गरेको छ। कालीकोटका ९ स्थानीय तहमध्ये ७ मा पौडेल र २ स्थानीय तहमा देउवा समूहले नेतृत्व लिएको छ। प्रदेश निर्वाचन क्षेत्रमा भने दुबै  स्थानमा देउवा समूहले सभापति लिएको छ। कालीकोटमा भोली बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। कालीकोट पौडेल समूहको बलियो पकड भएको जिल्ला हो।

जुम्ला पौडेल समूहको बलियो पकड भएको जिल्ला मानिन्छ। त्यहाँका ८ मध्ये ६ स्थानीय तहको नेतृत्व पौडेल समूहले लिएको छ।

यस्तै हुम्लामा पनि आज नै कांग्रेसको जिल्ला अधिवेशन हुँदै छ। हुम्लामा पनि सर्वसम्मत नेतृत्व छनौट गर्ने प्रयास भइरहेको छ। त्यहाँ जिल्ला नेतृत्वको लागि तीनजना आकांक्षीहरू छन्। मोहनविक्रम सिंह, ठानबहादुर रोकाया र प्यारीलाल शाही सभापति बन्ने दौडमा छन्। तीमध्ये सिंह देउवा निकट हुन् भने रोकाया र शाही पौडेल निकट नेताहरू हुन्। 

corrent noodles
Metro Mart

हुम्ला देउवा समूहको बलियो पकड भएको जिल्ला हो। त्यहाँका ७ स्थानीय तहमध्ये ६ स्थानीय तह र दुई प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व देउवा समूहले लिएको छ।

मुगुमा पनि आज नै कांग्रेसको जिल्ला अधिवेशन गर्ने तयारी छ। मुगु १३औं महाधिवेशनमा पौडेल समूहले पकड कायम गरेको थियो। तर, अहिले देउवा समूहले बलियो पकड बनाएको छ। त्यहाँका चार स्थानीय तहमध्ये तीन स्थानीय तह र एक प्रदेश निर्वाचन क्षेत्रमा देउवा समूहले नेतृत्व लिएको छ।

नयाँ नेतृत्वका लागि दुबै समूहले उम्मेदवार टुंङ्गाउन सकेका छैनन्। यधपी बहालवाला सभापति खड्गबहादुर शाहीले पुनः सभापति बन्ने दाउमा छन्। उनी पौडेल निकट मानिन्छन्।

पौडेल समूहबाट खगेन्द्रबहादुर मल्ल, हरिजङ्ग शाहीले पनि सभापतिका लागि आकांक्षी छन्। शाही छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हुन्। 

देउवा समूहबाट ऐनबहादुर शाही र पदमबहादुर रावल सभापति बन्ने दाउमा छन्। रावल १३‍औं महाधिवेशनमा देउवा समूहबाट सभापतिमा पराजित भएका हुन्। शाही पूर्वपार्टी सभापति हुन्।

एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाहरूमा आज नै जिल्ला महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ। सोही अनुसार कर्णालीका पाँच जिल्ला (कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा)मा आज नै जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका छ। तर, जुम्लामा प्रदेश निर्वाचन क्षेत्रको मतगणना भइनसकेका कारण भोली मात्रै जिल्ला अधिवेशन हुने छ। 

जुम्लामा नयाँ नेतृत्वका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही र पार्टी सचिव कर्णबहादुर शाही सभापति भिड्ने तयारी गरेका छन्। दीप पौडेल र कर्ण देउवा निकट नेताहरू हुन्। जुम्ला पौडेल समूहको बलियो पकड भएको जिल्ला मानिन्छ। त्यहाँका ८ मध्ये ६ स्थानीय तहको नेतृत्व पौडेल समूहले लिएको छ।

डोल्पामा भने वडा अधिवेशन नै हुन सकेको छैन। क्रियाशील सदस्य विवाद ढिलागरी टुंगो लागेका कारण अघिल्लो कार्यतालिकामा वडाधिवेशन हुन सकेको थिएन्। १३औं महाधिवेशनमा पौडेल समूहको राम्रो प्रभाव भएको डोल्पामा अबको नेतृत्व कुन समूहले हातपार्छ भनेर एकीन गर्न सक्ने अवस्था छैन। 

अबको महाधिवेशनमा त्यहाँ राप्रपाबाट आएका नेताहरू निर्णायक बन्ने सम्भावना देखिन्छ। कात्तिकपछि हिउँ पर्ने भएका कारण डोल्पामा दसैंअघिनै जिल्ला अधिवेशन गर्नुपर्ने नेताहरूले माग गर्दै आएका छन्।

प्रकाशित: Oct 01, 2021| 11:37 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।