मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • शिक्षाको अधिकार मागिरहेका छात्रामाथि तालिबानले चलायो गोली

शिक्षाको अधिकार मागिरहेका छात्रामाथि तालिबानले चलायो गोली

तालिबानी लडाकुले शिक्षाको अधिकार मागिरहेका छात्रामाथि गोली चलाएको छ। बिहीबार पढाइ सम्बन्धि अधिकार मागिरहेका छात्रामाथि तालिबान लडाकुले काबुलमा गोली चलाएका हुन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- तालिबानी लडाकुले शिक्षाको अधिकार मागिरहेका छात्रामाथि गोली चलाएको छ। बिहीबार पढाइ सम्बन्धि अधिकार मागिरहेका छात्रामाथि तालिबान लडाकुले काबुलमा गोली चलाएका हुन्।

National life

शीर्ष नेताहरूले उदार छवी पेस गर्दै विश्वसँग सहयोग मागिरहेको समयमा तालिबानका लडाकुहरू भने कठोर बन्दै गइरहेका छन्। महिलाहरूले आफ्नो अधिकार माग्दा तालिबानले पटक-पटक धम्काउने गरेको छ।

काबुलको पूर्वी भागमा एक स्कुल नजिकै ६ जना छात्राको समूह स्कुल प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए। उनीहरूले हाम्रो कलम नतोडियोस, हाम्रो किताब न जलाइयोस्, हाम्रो स्कुल बन्द नगरियोस लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

लडाकुहरूले छात्राको हातबाट उक्त पप्लेट खोस्दै धकेलेर भगाउन खोजेका थिए। तर, छात्राहरूले भाग्न मानेनन्। त्यसपछि उनीहरूमाथि राइफलले फिट्न सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। त्यसपछि एक लडाकुले आफ्नो अटोमेटिक रायफल निकालेर हावामा गोली प्रहार गर्नथाले। त्यसपछि छात्राहरूले स्कुलमा लुकेर ज्यान जोगाएका थिए।

आफूलाई तालिबानी स्पेशल फोर्सका प्रमुख बताउने मावलावी नसरतुल्लाहले प्रदर्शन गर्न पाइने भए पनि त्यसका लागि पहिले अनुमति लिनुपर्ने बताएका छन्। केही दिन पहिले मात्रै तालिबानी लडाकुले प्रदर्शनकारिमाथि गोली चलाएका थिए। जसमा दुई जनाको ज्यान गएको थियो।

Laxmi sunrise bank
kumari

- एजेन्सी

प्रकाशित: Oct 01, 2021| 10:19 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।