बिहीबार, भदौ ४, २०८३

अर्गानिक चिया उद्यमी राईको निधन

कोरोना संक्रमणका कारण अर्गानिक चिया उद्यमी मोरङको केराबारी-२ सिंहदेवीका ५५ वर्षीय नारायणप्रसाद राईको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

विराटनगर– कोरोना संक्रमणका कारण अर्गानिक चिया उद्यमी मोरङको केराबारी-२ सिंहदेवीका ५५ वर्षीय नारायणप्रसाद राईको मृत्यु भएको छ। 

न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको बिहीबार साँझ मृत्यु भएको हो। राईलाई केही समय अगाडि कोरोना संक्रमण भएको थियो।

राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक मातृभूमि टि–स्टेट प्रालिमार्फत अर्गानिक चिया खेती सुरु गरेका थिए। उनले अर्गानिक चिया उत्पादन गर्ने, आफै प्रशोधन गर्ने र विदेश निर्यात गर्दै आएका थिए। 

भारत, चीन, युरोप, अमेरिका लगायतका देशहरूमा राईको चिया निर्यात हुने गरेको थियो। सडक, बिजुली र सिंचाई नभएको सिंहदेवीमा राईले ५० रोपनीमा चिया खेती सुरु गरेर २५० रोपनीमा विस्तार गरेका थिए। उनको मातृभूमि टि–स्टेट कम्पनीमै प्रशोधन गरी वार्षिक ५ हजार किलो ग्रिन टि उत्पादन गर्दै आएका थिए। चिया कम्पनीमा स्थानीय ५० जनाले रोजगार पाएका छन्। 

राईले जिल्ला कृषि विकास कार्यालय मोरङबाट २०७१ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाएका थिए। २०७२ मा विराटनगरमा भएको नवौँ प्रांगारिक कृषि मेलामा समेत प्रथम भएका उनी २०७३ सालमा विराटनगरमै भएको खाद्य मेलामा उनको उत्पादनले प्रथम स्थानमा रहेको थियो। 

राईको निधनले उत्तरी मोरङमा अपूरणीय क्षति भएको मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले बताए। सिंहदेवी जेफाले पर्यटन क्षेत्रमा चिया बगान निर्माण गरेर सम्भावनाको चेतना छर्ने व्यक्ति  गुमाउनु परेको उनले बताए।

प्रकाशित: Oct 01, 2021| 07:02 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।