मंगलबार, फागुन २६, २०८२

पेशावरमा अज्ञात बन्दुधारीद्वारा शिख हकिमको हत्या

पाकिस्तानको पेशावरमा अज्ञात बन्दुधारीले एक शिख हकिमको हत्या गरेका छन्। प्रहरीका अनुसार हकिम सरदार सतनाम सिंहमाथि बन्दुकधारीले चार गोली हानेका थिए।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

इस्लामावाद- पाकिस्तानको पेशावरमा अज्ञात बन्दुधारीले एक शिख हकिमको हत्या गरेका छन्। प्रहरीका अनुसार हकिम सरदार सतनाम सिंहमाथि बन्दुकधारीले चार गोली हानेका थिए। 

National life

४५ वर्षीय सतनाम सिंह स्थानीयस्तरमा निकै चर्चित हकिम रहेको बताइएको छ। पेशावरका शिख समुदायका प्रमुख साहिब सिंहले सतनाम एक काबिल र आफ्नो समुदायमा एक चर्चित पात्र भएको बताएका छन्। 

पाकिस्तानी सञ्‍चारमाध्यमका अनुसार हत्यारा हालसम्म पत्ता लाग्‍न सकेका छैनन्। सतनाम सिंह पेशावरको चारसद्दा सडक नजिकै एक क्लिनिक चलाउँदै आएका थिए। 

उनले पेशावरबाहेक हसन अब्दाल र रावपिण्डीमा पनि उपचार गर्न जाने गरेका थिए। प्रहरीले घटना भएको केही समयमा नै चारै नाका बन्द गर्दै हत्याराको खोजी गरिरहेको छ। 

प्रकाशित: Sep 30, 2021| 22:30 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।