बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • गृहमन्त्रीको गृहनगरमा न्यायका लागि आन्दोलन, २५ दिनसम्‍म पनि उठेन शव

गृहमन्त्रीको गृहनगरमा न्यायका लागि आन्दोलन, २५ दिनसम्‍म पनि उठेन शव

गत भदौ २० गते पतिसँगै सुतेकी तिलोत्तमा ५ की २७ वर्षीया सिता भण्डारी पौडेल मृत भेटिएकी थिइन्। सिताको परिवारकै योजनामा हत्या गरिएको भन्दै माइती पक्षले तीन साता वित्दा पनि शव बुझ्‍न मानेका छैन।
 |  बिहीबार, असोज १४, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, असोज १४, २०७८

बुटवल- प्रहरी प्रशासनले अनुसन्धान र न्यायिक प्रक्रियामा विश्वास दिलाउन नसक्दा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा दैनिक न्यायका लागि प्रदर्शन भइरहेको छ। गत भदौ २० गते  पतिसँगै सुतेकी तिलोत्तमा ५ की २७ वर्षीया सिता भण्डारी पौडेल मृत भेटिएकी थिइन्। सिताको परिवारकै योजनामा हत्या गरिएको भन्दै माइती पक्षले तीन साता वित्दा पनि शव बुझ्‍न मानेका छैन।

triton college

सिताको हत्या भएको भन्दै माइती पक्षले तिलोत्तमा नगरपालिकामा तालाबन्दी, चक्काजाम तथा प्रदर्शनलाई चर्कारहेका छन्। प्रहरीले झुन्डिएर मृत्यु भएको भन्दै हत्या पुष्टि नहुने जिकिर गर्दै आएको छ भने माइती पक्षले हत्या नै भएको दाबी गरिरहेका छ। तीन सातादेखि न्यायका लागि तिलोत्तमामा आन्दोलन चलिरहेको छ। तर, यस घटनाका सन्दर्भममा गृहप्रशासन संवेदनशील नभएको माइती पक्षको आरोप छ।

मृतक सिताको घर गृहमन्त्री खाँणको घर रहेको तिलोत्तमा नगरपालिका ५ कफी कम्पनी नजिकै छ। गृहनगरमै भएको यो घटनामा गृहमन्त्रीले कुनै प्रतिक्रिया दिएका छैनन्। महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु समेत एक महिलाको न्यायका लागि प्रदर्शन भइरहे पनि मौन छन्।

तर, सामाजिक सञ्जालमा भने यो घटनाको व्यापक विरोध भइरहेको छ। मृतक सिताका बुवा हरि भण्डारीले घटनाको अनुसन्धानमा प्रहरीले चासो नै नदिएको आरोप लगाएका छन्। ‘शरिरभरि रगत छ, निलडाम छ,’ उनले भने, ‘यो आत्महत्या होइन, हत्या नै हो, हामीले छोरी गुमायौं, न्याय चाहियो।’

सिताका श्रीमान टिका पौडेल र उनको परिवारको योजनामा हत्या गरेको माइती पक्षले आरोप छ। पहिल्यैदेखि छोरीमाथि हिंसा हुने गरेको र तीज मनाउन आएको बेला एक्कासी घर बोलाएर भोलीपल्ट घटना भएकाले हत्या नै भएको भाइ सुरज भण्डारीले बताए। उनले प्रहरीले पोष्टमार्टम रिपोर्टमा घाउ चोटपटक देखाउँदा पनि इन्कार गरेर घटना मोड्न खोजेको आरोप लगाए।

corrent noodles
Metro Mart

सीताको आत्महत्या भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले देखाएको प्रहरीले बताउँदै आएका छ। प्रहरीका अनुसार मृत्यू हुने अवस्थासम्म आउनुमा केटाको विगतको व्यवहारले भूमिका खेलेको बताउँदै भदौ २२ गते नै आत्महत्या दुरुत्साहन मुद्दा चलाएको बताएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले घटनाका सन्दर्भममा प्रहरीले अनुसन्धानमा कुनै कसुर बाँकी नराखेको बताए। ‘प्रहरीलाई शंका गर्नुपर्ने कुनै कारण छैन, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने। उनका अनुसार आत्महत्या दुरुत्साहन मुद्दालाई अघि बढाइएको र सीताका पति टीका, टीकाकी दिदी (अमाजु) विष्णु पौडेल र जेठाजु हरि पौडेललाई नियन्त्रणमा लिइएको छ। पौडेल तिलोत्तमा ५ का वडासदस्य हुन्।

पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन मानेको थिएन। माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सिताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो।

माइती पक्षले निरन्तर आन्दोलन गरेपछि प्रमुख जिल्ला अधिकारीमार्फत हत्याको जाहेरी समेत दर्ता गराएका छन्। तर, सरकारी वकिल कार्यालयले भने आत्महत्या दुरुत्साहनकै मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाएको माइतीको आरोप छ। छिमेकी मणि न्यौपानेले प्रहरी र प्रशासनले पीडितहरुसँग नाटक मञ्‍चन गरेको भन्दै न्यायका लागि कहिलेसम्म आन्दोलन गर्नुपर्ने हो? भन्दै प्रश्न गरे।

सीआईबीको टोली समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ। तर अनुसन्धानमा के भेटियो भन्‍ने जानकारी गराइएको छैन। माइती पक्ष र स्थानीयले लगातार विरोधका कार्यक्रम जारी राखेका छन्। तिलोत्तमा नगरका १३ वटा वडा कार्यालयमा बुधबार नै तालावन्दी गरेपछि स्थानीय सरकारको काम प्रभावित भएको छ। शुक्रबार मणिग्राममा प्रदर्शन गर्दा केहिबेर प्रहरीसँग झडप समेत भएको थियो।  मृतक भण्डारीको शव लुम्बिनी प्रादेशिक अस्पतालमा २५ दिनदेखि राखिएको छ।


प्रकाशित: Sep 30, 2021| 21:20 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।