लखनऊ- उत्तर प्रदेको महोबा जिल्लाको कबरई इलामा एक बलात्कार पीडितको महिलाको गर्भपतन गराउने क्रममा मृत्यु भएको छ।
परिवारका अनुसार स्थानीय एक युवकले ६-७ महिना पहिले ती महिला बलात्कारमा परेकी थिइन्। तर, ती महिलाले समाजको डरका कारण कसैलाई नभनेको बताइएको छ।
यहीबीच स्वास्थ्यमा समस्या देखिएपछि दुई पहिला उनी एक निजी क्लिनिकमा गएकी थिइन्। उनको त्यहाँ गर्भपतन गराउने क्रममा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
प्रहरीले पीडित महिलाका बुबाले भनेका मुख्य अभियुक्त र उनका दुई जना र क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको बताएको छ।
महोबा जिल्लाका प्रहरी अधिक्षक राजेन्द्रकुमार गौतमले भने, 'महिलाका बुबाले अभियुक्त भनेका तीन जना र क्लिनिक सञ्चाकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।'
ती महिलाका बुबाले उनको मृत्यु भएपछि प्रहरीमा उजुरी दिएका थिए। उजुरीमा उनको ६-७ महिना पहिले बलात्कार भएको बताइएको छ। यसबीचमा भने बलात्कारको विषयमा कुनै उजुरी नआएको गौतमले बताए।