आइतबार, जेठ १७, २०८३

विराटनगरमा १८ देशका मनोचिकित्सक भेला हुँदै

नेपाल मनोचिकित्सक संघको आयोजनामा आगामी कात्तिक ११ देखि १३ गतेसम्म विराटनगरमा हुने मनोचिकित्सको राष्ट्रिय सम्मेलनमा १८ देशका मनोचिकित्सक भेला हुने सम्मेलन आयोजक समितिका प्रवक्ता डा. प्रभात चालिसेले बताए।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

विराटनगर- विराटनगरमा डेढ दर्जन बढी देशका मनोचिकित्सक भेला हुने भएका छन्। नेपाल मनोचिकित्सक संघको आयोजनामा आगामी कात्तिक ११ देखि १३ गतेसम्म विराटनगरमा हुने मनोचिकित्सको राष्ट्रिय सम्मेलनमा १८ देशका मनोचिकित्सक भेला हुने सम्मेलन आयोजक समितिका प्रवक्ता डा. प्रभात चालिसेले बताए।

National life

मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई थप प्रभावकारी वनाउन मनोचिकित्सकहरुको राष्ट्रिय सम्मेलन विराटनगरमा गर्न लागिएको डा. चालिसेले बताए।

विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. चालिसेले उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सिप आर्जनगरि मानसिक रोगीलाई छिटो‍छरितो रुपमा सेवा पुर्‍याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।

सम्मेलनमा सहभागी चिकित्सकबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने आयोजक समितिका संयोजक प्रा.डा. नवराज कोइरालाले बताए।

सम्मेलनमा ३२ वटा कार्यपत्र प्रस्तुत हुनुका साथै मानसिक स्वाथ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा  मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निर्माणमा कानुन विज्ञसँग छलफल हुने प्रा.डा. कोइरालाले बताए।

Shivam cement

प्रकाशित: Sep 30, 2021| 19:49 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।