काठमाडौं- सधैं झैं सन् २०१८ को विश्वकपले पनि संसारका उत्कृष्ट खेलाडीहरूलाई दर्शकमाझ परिचित गराउँदैछ ।
ती सबै खेलाडी अहिले एकसाथ विश्वकप मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । धर्तीका उत्कृष्ट केही कलात्मक आक्रमणकारी खेलाडीको सूची यहाँ प्रस्तुत गरिएको छ । उनीहरू नै यसपटकको विश्वकपका 'टप-स्कोरर' बन्ने अनुमान पनि छ ।
ह्यारी केन

ह्यारी केन फिफा विश्वकप २०१८ इंग्ल्यान्डका स्ट्राइकर हुन् । समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलअन्तरले हराएका थिए । आइतबार नेपाली समयअनुसार ४:४५ मा शुरु भएको दोस्रो खेलमा १५ मिनटमा पानामाविरुद्ध ह्याट्रिक गरेर उनी चर्चाको पात्र बनेका छन् ।
क्रिस्टियानो रोनाल्डो
रोनाल्डो चार वटा गोल्डेन बुट जित्ने विश्वका पहिलो चर्चित खेलाडी हुन् । सोही कारण उनलाई 'गोल गर्ने मेसिन'कै उपनामसमेत दिइएको छ । विश्वकप २०१८ समूह चरणको पहिलो खेलमा ३-३ गोलअन्तरले स्पेनसँग 'ड्र' भएको थियो । बुधबार भएको समूह चरणको दोस्रो खेलमा मोरक्कोलाई १-० गोल अन्तरले हराएका थिए ।
रोनाल्डोले विश्वकप २०१८ मा पहिलो खेलमै स्पेनविरुद्ध ह्याट्रिक र मोरक्कोलाई १-० गोलअन्तरले नमिठो मजा चखाउँदै चर्चा बटुले ।
लियोनल मेस्सी
५/५ पटक फिफा वर्ष उत्कृष्ट खेलाडी र बेलेन्डर अवार्ड विजेता लियोनेल मेस्सी यस वर्ष निकै फर्ममा छन् । तर पनि, विश्वकपमा उनको प्रदर्शन राम्रो हुन सकेको छैन ।
हालसम्म भएका खेलहरूमा उनले आइसल्यान्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद हार सामना गर्नुपर्यो । त्यसका बावजुद बिनागोल पनि चर्चाबाहिर छैनन्, मेस्सी । विश्वकप, २०१८ का हालसम्मका खेलमा उनले प्रहार गरेका सबै ११ वटा सट असफल भए ।
रोमिलु लुकाकु
विश्वकप, २०१८को समूह चरणको पहिलो खेलमा पानामाविरुद्ध ह्याट्रिक गर्दै जित हासिल गरे, बेल्जियमका लुकाकुले । यसैगरी, समूह चरणको दोस्रो खेलमा ट्युनिसियालाई ५-० गोलअन्तरले हराए । अब हुने तेस्रो खेलमा बेल्जियम र इंग्ल्यान्ड आमने-सामने हुँदैछन् ।
लुकाकुले हालसम्म चार गोल गरिसकेका छन् । बेल्जियमको विश्वकप यात्रा उनकै गोलको जादुमा निर्भर रहेझैं देखिइरहेको छ ।
डेनिस चेरिसेभ

विश्वकप, २०१८ मा रुसी खेलाडी चेरिसेभले तीन गोल गरिसकेका छन् । रुसले हालसम्म आठ वटा गोल गरेको छ ।
डिएगो कोस्टा

स्पेनी फुटबल टिमका कप्तान डिएगो कोस्टाले अहिलेसम्म तीन गोल गरेका छन् । पोर्चुगलसँग समूह चरणको पहिलो खेलमै उनले व्यक्तिगत दुई गोल गरेका थिए । इरानसँगको खेलमा भने एक गोल दिलाएका थिए ।
फिलिप काउन्टिनो
कोस्टारिकाविरुद्धको खेलमा इन्जुरी टाइममा ब्राजिलका लागि खाता खोलेका थिए, काउन्टिनोले । यससँगै उनी पनि यस विश्वकपको रोजाइमा परेका खेलाडी हुन् । हालसम्म दुई गोल गरिसकेका छन् ।
लुका मोड्रिक

रियल मेड्रिडका खेलाडी र क्रोएसियाका कप्तान लुका मोड्रिक पनि यसपालि चर्चामा रहेका खेलाडीमा पर्छन् । अर्जेन्टिनाविरुद्ध उनले गरेको गोलले चर्चाको चुलीमा पुर्याएको छ । नाइजेरियाविरुद्धको खेलमा उनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
आर्टेम डिज्युबा
विश्वकपको महाकुम्भमा नयाँ उदाएका खेलाडीमा पर्छन्, रुसका आर्टेम डिज्युबा । उनले साउदी अरबियाविरुद्ध एक गोल गरेका थिए । हालसम्म दुई गोलको स्कोर बनाएका छन् ।
एडेन हार्जड
विश्वकपमा उदाएका अर्का नयाँ खेलाडी हुन्, बेल्जियमका हार्जड । पानामाविरुद्धको खेलमा गोल गर्न नसकेका उनले ट्युनिसियाविरुद्ध दुई गोल गरेका थिए ।
मिले जेडिनाक

पेनाल्टीबाट दुई गोल गरेका अस्ट्रेलियाका मिले जेडिनाक पनि यसपटकको विश्वकपले जन्माएका अर्का चर्चित खेलाडी हुन् । उनले फ्रान्स र डेनमार्कविरुद्धका दुवै खेलमा पेनाल्टी सुटलाई जाली चुमाएका थिए ।
एन्टोनी ग्रिजमेन
फ्रान्सका ग्रिजमेनले पनि अस्ट्रेलियाविरुद्ध पेनाल्टीमार्फत् गोल गरेका थिए । युरोपियन च्याम्पियन २०१६ मा सर्वोत्कृस्ट खेलाडी घोषित भएका थिए । उनले उक्त टुर्नामेन्टमा ६ गोल गरेका थिए । विश्वकप उनका लागि ठूलो मौका रहनेछ ।
मोहमद सालाह
सन् २०१८ मा विश्वकपमा इजिप्ट समूह चरणबाटै आउट भइसकेको छ । उरुग्वेविरूद्धको खेलमा इजिप्टका सालाहाको प्रदर्शन राम्रो हुन नसके पनि रुसविरूद्ध एक गोल फर्काए । रुस, उरुग्वेजस्ता बलिया टिमले गर्दा यसपालि इजिप्ट समूह चरणबाटै घर फर्किन बाध्य भयो ।
नेमार जुनियर

ब्राजिलका नेमार कम उमेरमा मेस्सी, रोनाल्डोजत्तिकै प्रसिद्ध हुने खेलाडी हुन् । अस्वस्थताको बावजुद नेमारले कोस्टारिकाविरुद्ध विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । कोस्टारिकाविरुद्धको खेलमा ९७औं मिनटमा गोल गरेर उनी चर्चामा आएका थिए ।
थोमस मुलर
जर्मनीका मुलरले सन् २०१० को विश्वकपका ६ खेलमा पाँच गोल गरेका थिए । मिरासिभ कोल्जसेपछिका चर्चित् खेलाडी हुन्, उनी । मुलरमा विश्वकपप्रति निकै लगाव देखिन्छ । सन् २०१४ मा पनि ब्राजिलविरुद्ध गोल गरेका थिए ।
इस्को

स्पेनका इस्कोको पोर्चगुलविरुद्धको खेलमा रक्षात्मक प्रस्तुतीले चर्चा बटुलेको थियो । गोल गर्न नसके पनि उनको रक्षात्मक खेलको भने चर्चा चुलिएको छ । डिएगो कोस्टा वा अल्भारो मोराटालाई गोलका लागि उनकै सहयोगले काम गरेको थियो ।
रोबर्ट लेबान्डोस्की
पोल्यान्डका खेलाडी लेबान्डोस्कीले आफ्नो फुटबल करिअरमा १६ गोल गरिसकेका छन् । सेनेगल, कोलम्बिया र जापानसँग उनको खेल रोमाञ्चक हुने उनको भनाइ छ ।
एडसन काभानी
उरुग्वेका प्रतिभाशाली खेलाडी एडसन काभानीले सय वटा प्रतियोगितामा देशका लागि ४२ पटक गोल गरिसकेका छन् । रुस, इजिप्ट र साउदी अरेबियाविरुद्ध उनले १/१ गोल गर्ने प्रशंसकहरूको अपेक्षा देखिन्छ ।